English

मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ



मैले २०६४ सालमा काठमाडौँकोे जोरपाटीस्थित अरुण ज्योेति विद्या मन्दिरबाट एसएलसी दिएँ । ७४ प्रतिशत ल्याएर पहिलो श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ । जोरपाटी माकलबारीमा रहेको जया मल्टिपल कलेजमा प्लस टु भर्ना भएँ ।

एसएलसी उत्तिर्ण भएपछि धेरैले अरुसँग के पढौं कसो पढौं भनेर सल्लाह लिन्छन् । तर, मैले कसैसँग पनि सल्लाह लिइनँ । समाजशास्त्र र अङ्ग्रेजीलाई मूल विषय लिएर अध्ययन गरेँ । कलेजमा मेरा साथीहरु खासै थिएनन् । स्कुल पढ्दादेखिको आत्मीय साथी जिया लामा हुनु हुन्थ्यो । उहाँसँगै कलेज आउने र जाने गर्थे । स्कुलदेखिको साथी स्नातक तहसम्म सँगै पढ्यौँ ।

प्लस टु पढ्दासम्म कलेज बङ्क भनेको के हो ? थाहा थिएन । पछि मैले साथीहरुलाई सोधे ‘यो कलेज बङ्क भन्छ के हो ?’ उनीहरुले भनेका थिए ‘कलेज ड्रेसमा कलेज नगएर अन्तै घुम्न जानुलाई कलेज बंक भनिँदो रहेछ ।’

कलेज पढ्दा साथीहरुसँग योजना बनाएर घुम्न जाने, कलेज बङ्क गर्ने, रमाइलो गर्ने हुन्छ । तर, म त्यस्तो थिइन । साथीहरुसँग कहीँ कतै घुम्न गएन । प्लस टु पढ्दासम्म कलेज बङ्क भनेको के हो ? थाहा थिएन । पछि मैले साथीहरुलाई सोधे ‘यो कलेज बङ्क भन्छ के हो ?’ उनीहरुले भनेका थिए ‘कलेज ड्रेसमा कलेज नगएर अन्तै घुम्न जानुलाई कलेज बंक भनिँदो रहेछ ।’

कलेज लाइफमा एकपटक कलेज बंक गरेकी थिएँ । म र जिया कलेजको गेट अगाडि पुगेर फर्केका थियौं । तर, कतै घुम्न नगई सीधै घर गएका थियौं । चिसो महिना थियो । एकदम धेरै हुस्सु लागेको थियो । पढ्न अल्छी लागेपछि घरतिर लागेका थियौं ।

कलेज लाइफमा एकपटक कलेज बंक गरेकी थिएँ । म र जिया कलेजको गेट अगाडि पुगेर फर्केका थियौं । तर, कतै घुम्न नगई सीधै घर गएका थियौं ।

कलेजको मूख्य आकर्षण क्यान्टिन पनि हो । त्यसैले धेरैजसो साथीहरुको खाजा आ–आफ्नै रोजाई हुन्थ्यो । यद्यपि, म भने जे पाइन्छ त्यही खान्थें । चाउमिन, पुरी–तरकारी, पकौडा, छोला–समोसा विषेश खाइन्थ्यो ।

प्लस टु पढ्दै स्कुलमा साना नानीहरुलाई डान्स सिकाउने पार्ट टाइम काम गर्थे । बिहान ६ बजेदेखि १० बजेसम्म कलेज हुन्थ्यो । त्यसपछि पुरै समय खाली नै हुन्थें । पार्ट टाइमबाट आएको तलब पढाईमै खर्च गर्थें । पढाईमै केन्द्रीत भएकाले प्लस टु पनि पहिलो श्रेणीमै पास गरें ।

बिहान ६ बजेदेखि १० बजेसम्म कलेज हुन्थ्यो । त्यसपछि पुरै समय खाली नै हुन्थें । पार्ट टाइमबाट आएको तलब पढाईमै खर्च गर्थें ।

कलेज पढ्दा त्यो चन्चले उमेरमा सायद प्रायको माया पिरती गासिन्छ । म स्कुलदेखि नै सोझी थिएँ । प्लस टु पढ्दा साँच्चै भन्ने हो भने कुनै छोरा मानिसलाई हेर्दा पनि हेरिन । प्लस टुपछि पद्माकन्या बहुमुखी क्याम्पसमा स्नातक पढें । त्यहाँ केटीहरुको मात्रा पढाई हुन्छ र माया प्रेमका कुराको चासो नै भएन । साथी भन्दा पनि म आफैंमा रमाउने मान्छे हो । अंग्रेजी र समाजशस्त्रमा नै स्नातक तह पढें । स्नातक तहमा पनि बिहान नै पढाई हुन्थ्यो । ६ देखि ११ बजेसम्म । कलेजको अध्ययन पुरा गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested