English

यस्ता हुन्छन् हृदयघातका लक्षण, कसरी बच्ने ?



हरेक मानिसलाई हृदयघातका बारेमा जानकारी हुन जरुरी छ । अझै हृदयघात भएको अवस्थामा प्रारम्भिक उपचार के गर्ने ? भन्ने विषयमा जानकारी भयो भने आफ्नो परिवार, छरछिमेक र इष्टमित्रको ज्यान जोगाउन सकिन्छ । यसै विषयमा मुटु रोग विषेशज्ञ डा. ओममुर्ति अनिलले दिएको सुझाव यस्तो छ ः

हृदयघात के हो ?

मुटुले रक्त प्रवाह गर्दा मुटु खुम्चना साथ शरीरको सम्पुर्ण भागमा विभिन्न रक्तनलीहरु भएर रगत जाने गर्छ । ठीक त्यसरी नै मुटुको मांशपेशीलाई प्रत्येक सेकेन्डमा पोषणत्तत्व र अक्सिजन चाहिन्छ । मुटुको मासंपेशीलाई रक्तसंचार गर्ने रक्तनलीलाई कोरनरी नली भनीन्छ । यो कोरनरी नलीमा केही कारणले ब्लक भएको हुन्छ । त्यो बल्क भएको ठाउँमा यदि कल्ट बन्यो भने अचानक रगत प्रवाह हुन रोकिन्छ ।
रक्तप्रवाहमा अचानक आएको रुकावटको कारणले मांशापेशी मर्न थाल्छ । जति लामो समयसम्म रक्त प्रवाह रोकिएको हुन्छ त्यति नै मांशापेशी बिग्रदै जान्छ ।

हृदयघातका लक्षण

– छातीको बिच भागमा ठुलो एरियामा दुख्नु र पोल्नु
– कसैले थिचेको जस्तो वा दबाब महसुस हुनु
– यो दुखाई कहीले पेटको माथिल्लो भाग, कहिले घाँटीमा र कहिले देब्रे हात तिर दुख्ने
– मुटु धेरै ढुकढुक हुने र स्वाःस्वाः हुने
– पसिना आउने, वाकवाकी लाग्ने र डर लाग्ने हुन्छ
– कहीलेकाँही दाहिने हात, कुम र दाँत दुख्ने पनि हुन्छ

कारणहरु

– कोलेस्ट्रोल
– धुम्रपान
– मद्युमेह
– उच्च रक्तचाप
– मोटोपना
– शारीरिक निस्क्रियता
– अस्वस्थकर आहार
– वंशाणुगत कारण
– तनाव, डिप्रेसन
– प्रदषण आदि हुन्

प्राथमिक उपचार

– बिरामीलाई ३०० एमजी एस्पिरिन औषधी सेवन गर्न दिने
– यो औषधी दिइसकेपछि बिरामीलाई तुरुन्त अस्पताल लैजाने
– अस्पताल लगेर बिरामीको इसिजि गर्ने
– इसिजि पछि हृदयघात प्रमाणित हुना साथ चिकित्सकले बन्द भएको रक्तनलिलाई खोल्नु नै यसको प्रमुख उपचार हो
– लक्षण देखिएने बित्तिकै चाडो भन्दा चाडो बिरामीको उपचार गर्न सक्यो भने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ ।

बच्ने उपाय

– रगत पातलो गर्ने औषधी एस्पिरिन र कोलेस्ट्रोलका औषधी चिकित्सकको सल्लाह अनुसार सेवन गर्ने ।
– प्रशस्त फलफूल, हरियो सागसब्जी खाने
– चिनी, नून र चिल्लो एकदम कम खाने्
– नियमित शारिरीक कसरत/व्यायाम गर्ने
– धुम्रपान तथा मद्यपान सेवन नगर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested