English

इग्निसन अटोले भिआर एडभेन्चर र्‍याली गर्दै



दुई पांग्रे गाडी बिक्री वितरण गर्ने इग्निसन अटो प्राईभेट कम्पनी लिमिडेटले भिआर एक्सपोलरिङ्ग एडभेन्चर कार्यक्रम आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन र सडक सुरक्षा जनचेतना फैलाउने उद्देश्यले भोलि एक दिने यात्रा र्‍याली कार्यक्रम आयोजना गर्ने भएको हो ।
यात्रा र्‍याली विहान ८ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित हार्टफोर्ट शोरुमबाट शुरु हुनेछ ।

सुन्धारा–बीर अस्पताल–जमल–लैनचौर–लाजिम्पाट–महाराजगञ्ज– बुढानिलकण्ठ हुँदै तारेभीर पुगेर बिहानको खाजा खाने कार्यक्रम रहेको छ ।

त्यसपछि पूनः र्‍याली सुन्दरीजल डाम–चिसपानी हुँदै भोटेचौरमा पुगेर खाना र मनोरञ्जनको कार्यक्रम गरिने छ । त्यसपछि साँखु–थली–जोरपाटी–बौद्ध हुुँदै सर्भिस सेन्टरमा समापन गरिने कम्पनीले जनाएको छ ।

इग्निसन कम्पनी चिनियाँ कम्पनी हार्टफोर्ड इण्डष्ट्रीज लिमिटेड उत्पादित दुई पांग्रे गाडी बिक्री वितरण गर्ने अधिकारिक बिक्रेता बनेको छ ।

नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक हार्डफाेर्ड (भिआर) मोटरसाइकल तथा स्कूटर यस कम्पनीले आफ्ना डिलरबाट बिक्री गर्दै आएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested