English

यी हुन् बालबालिकाको कान पाक्नुका कारण, कसरी जोगाउने ?



बालबालिकाको कान पाक्नु एक प्रमुख समस्या हो । यो सबै उमेरसमूहलाई हुन सक्छ । तर, बालबालिकाहरुमा यो बढि मात्रामा देखिन्छ । बालबालीकाको कान किन पाक्छ ? यसको लक्षण र कसरी जोगाउने भन्ने विषयमा नाक, कान, घाँटी सर्जन डा.अरुण अधिकारीले दिएको सुझाव यस्तो छ :

किन पाक्छ कान ?

बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो सिधा र फराकिलो हुन्छ परिपक्क भएको हुँदैन । जसले बेला–बेलामा त्यो बन्द भइरहन्छ । यो नलीको काम कानको प्रेसरलाई कायम राख्ने, कानमा जम्मा भएको पानीलाई बाहिर निकाल्ने हो । त्यो परिपक्व नभएको कारणले कान भित्र भएको पानी भित्र नै बस्छ र कानको प्रेसर पनि कायम हुँदैन । जसले गर्दा रुघाखोकी लाग्ने र कानको संक्रमण हुने गर्छ । जथाभावी कोट्याउने, तेल हाल्ने र कानमा पानी पस्यो भने पनि यस्ता समस्या हुन सक्छ । त्यस्तै, नवजात शिशुलाई आमाले दूध खुवाउदा स¥क्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पस्यो भने पनि कान पाक्ने सम्भावना हुन्छ ।

लक्षण

– कानको दुखाईको कारण बच्चा रोईरहने

– ज्वरो आउने

– कान बन्द हुने

– कम सुन्निने

– कान कराउने

– पिप निस्कने

– रिँगाटा लाग्ने

जोगाउने उपाय

– बच्चाहरुको कानमा तेल नहाल्ने ।

– शिशुलाई आमाले दूध खुवाउदा सुतेर नखुवाउने ।

– बालबालिकालाई नुहाउनु अघि कानमा कपास राखिदिने ।

– बालबालिकालाई रुघाखोकी लाग्नबाट बचाउने ।

– बालबालिकाको कान जथाभावी नकोट्याउने ।

– चिकित्सकको सल्लाह बिना कानमा कुनै पनि औषधिको प्रयोग नगर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested