English

यस्ता हुन्छन् माइग्रेनका लक्षण कसरी बच्ने ?



माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्रायः टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर, माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ । माइग्रेन किन हुन्छ ? यसका लक्षणहरु के–के हुन् र रोकथाम गर्ने उपाय के हो ? भन्ने विषयमा योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले दिएको सुझाव यस्तो छ :

के हो माइग्रेन ?

माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो । यो रोग भएका बिरामीको टाउकोभित्रका मस्तिष्कका रक्तनलीहरु समय–समयमा फुल्ने गर्नाले ती रक्तनली वरिपरिका नसाहरु तकिन्कन्छन् र ती नसाहरुले विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् । यो एउटा लामो समयसम्म रहिरहने रोग हो । माइग्रेनका लक्षण बेलाबेलामा बाल्झिरहने र पूर्ण रुपमा ठीक हुन निकै गाह्रो हुन्छ ।

कारण

– शारीरिक धपेडी तथा मानसिक तनाव

– सुताइको समय र अवधिमा परिवर्तन÷अनियमितता

– धुम्रपान गर्नु तथा धुवाँमा रहनु

– भोको वा व्रत बस्नु

– अत्याधिक मद्यपान गर्नु

– शरीरमा पानीको कमी हुनु

– अनियमित महिनावारी, गर्भावस्था, परविार नियोजनको चक्की तथा सुईको प्रयोग तथा रजोनिवृत्ति हुने समयमा
हर्मोनको उतार–चढाव हुनु

– चर्को घाम, धुलो, धुवाँ तथा भीडभाडयुक्त वातावरण

– डिप्रेसन चिन्ता तथा वंशाणुगत समस्या

लक्षण

– टाउकोको आधा भाग/एकातर्फ सह्य वा असह्य रूपमा दुख्नु

– दुखाइको कारण नियमित काम गर्न नसक्नु

– धेरै रिस उठ्ने, झर्किने तथा एक्लै बस्ने मन गर्नु

– कहिलेकहीँ निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ

– वाकवाकी लाग्ने, बान्ता हुने

– उज्यालो प्रकाश सहन नसक्ने, हातखुट्टा दुख्ने

– टाउको दुखाई बल्झिनुभन्दा अघि कसैकसैमा चिड्चिडाहट्पन हुनु

– निद्रा लागेजस्तो हुने, लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुने

बच्ने उपाय

– प्रशस्त मात्रामा पानी पिउने

– चिल्लो तथा सुख्खा खाना नखाने

– भोको नबस्ने

– दिनको ६ देखि ८ घन्टा नियमित समयमा सुत्ने

– चर्को घाम, धुलो, भीडभाड तथा ध्वनि प्रदूषणबाट टाढा रहने

– धपेडी तथा तनावलाई न्यूनीकरण गर्ने

– नियमित व्यायाम, योग तथा ध्यान गर्ने

– धुम्रपान मद्यपान नगर्ने

– जंक फुडहरुको सेवन नगर्ने

– समस्या बढ्दै गयो भने चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested