English

प्रधानमन्त्री देउवासँग जनताको माग– कोभिड खोपदेखि कुलमानसम्म



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भए । यो सँगै देउवाले सुझाव र आलोचना टन्नै पाएका छन् । यसै सन्दर्भमा मेरो लाइफस्टाइलले ‘नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई तपाईंको के सुझाव छ ?’ सोधेको थियो । जसमा धेरैले लकडाउन अर्थात निषेधाज्ञा नगर्न सुझाव दिएका छन् । यसैगरी, नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न र जतिसक्दो छिटो सबै नागरिकलाई कोरोना खोप प्रदान गर्न पनि माग गरेका छन् । यहाँ प्रधानमन्त्री देउवालाई जनताले दिएका सुझावलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ :

चित्रबहादुर मगर

नेपालीहरु कोरोनाका नाममा भएको लकडाउन र निषेधाज्ञाले आजित भइसके । त्यसैले अब लकडाउन चाहिँ नगर्नुहोला । कोरोनालाई रोकथाम गर्ने अरु थुप्रै विकल्प छन् ।

शम्भु जोशी

कुलमान घिसिङलाई विद्युत प्राधिकरण र प्रेम सञ्जेललाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पुरा अधिकार सहित नियुक्त गर्ने सुझाव दिन चाहन्छु ।

चन्द्र प्रकाश

कर्मचारी तथा जनप्रतिनिधीले गरेको भ्रष्टाचारको छनविन गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्नुहोस् ।

केदार श्रेष्ठ

देश र जनता प्रति पूर्ण बफादार रहि काम गर्नसक्नु पर्यो । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्ति दिनुहोला ।

सरिता थारु

लोकतन्त्रको राम्रो पक्ष जनतालाई चखाउनुहोस्, मौलाएको भ्रष्टचारलाई शुन्यमा झार्ने प्रयत्न गर्नुहोस्, दुवै छिमेकीहरुसँग मैत्रीपुर्ण सम्बन्ध बनाउनुहोस्, महामारीको लागि पहिल्यै बजेटको केही अंश छुट्टाउनुहोस्, चुनावपुर्व सबै नागरिकले खोप पाउने वातावरण सिर्जना गर्नुहोस् ।

केश गलामी

सर्वप्रथम त नव नियुक्त प्रधानमन्त्री ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ । पूर्व प्रधानमन्त्री केपी ओलीसँग दुई तिहाई हुँदा हुँदै पनि आफ्नो घमण्डले गर्दा सरकार बाट बाहिरिन प¥यो । त्यस्तो अहम् न देखाउनु होला । अर्को खास कुरा एमसीसी को विषयमा त सोच्दै न सोच्नु होला । यसमा नेपाली जनताले कहिले पनि साथ दिने छैनन् ।

शिवराम खतिवडा

युवा नेताहरुलाई अग्रसर गराउनुहोस् । युवाहरु के चाहन्छन् त्यो बुझ्नुपर्छ । युवा शक्तिलाई केन्द्रित गराउनु पर्छ । युवा शक्ति भनेको देश को मेरुदण्ड हुन् । युवा शक्तिलाई दक्ष जनशक्तिमा परिणत गर्ने अर्को मुख्य कुरा सिमामा पर्खाल लगाउनु पर्छ । खुलेलाम अर्का को देशमा छिर्न मिल्दैन । विशेष भारतमा पासपोर्ट नियम लागू गरेर हाम्रो देशमा जति पनि आप्रवासी नागरिक छन् तीन लाई आफ्नो देश फर्काउनु पर्छ ।

कुमारी एन्डेङबे

बिगतका गल्ती कमी कमजोरीलाई सुधार गर्दै र वर्तमान परिवेसको समस्यालाई हल गर्दै जनता को प्रधानमन्त्री बन्न सिक्नु होस् ।

महेन्द्र विष्ट

प्रधानमन्त्री पदलाई मौकाको रुपमा मात्र नलिई जनताहरुले रुचाएका सत्यतालाई स्विकार्दै आफुलाई जनमुखी भएको प्रमाणित गर्ने र जनताको मन काम गर्नुहोला । निर्वाचन सम्म देशलाई सहि रुपमा अगाडी बढाउने सद्बुद्धी मिलोस् ।

सुधन शर्मा

महामारी बाट आजित भएका नेपालीलाई खोप र राहत मिलोस, पहिलो चरणमा यति कार्यको सुरुवात होस् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट आफ्ना कार्यकर्ताहरुलाई लुटाएको एक–एक पैसाको खोजी होस् । यति गरे यो सरकार सफल बन्छ ।

योग्य निरौला

एमसीसीको कुरालाई जरैदेखि उखेलेर फाल्नुपर्छ । भष्ट्राचारि, बलत्कारी र अत्याचारीलाई न्यायको कठघरामा उभ्याउनुहोस् । सुशासन कायम गरेर नेपाल र नेपाली जनतालाई सुख शान्ती र समृद्धिको बाटोमा लैजानु पर्छ ।

दयाराम न्यौपाने

सबैको अस्तित्वलाई सम्मान गर्दै छोटो छरितो मन्त्री मण्डल गठन गर्नुहोस् । भ्रष्टाचारलाई अंकुश, गरिबलाई न्याय, हाम्रोलाई नभै राम्रोलाई मौका दिनुपर्छ । प्रत्येक योजनाको नियमित रूपमा अनुगमन, दण्ड र पुरस्कारको व्यवस्था अनिवार्य लागू गर्नुपर्ने र महामारीको नियन्त्रणमा ध्यान दिनुपर्छ ।

उत्सव हुमागाईं

ज्यानसम्बन्धी कसुरमा ५० वर्ष, बलात्कारीलाई आजीवन कारावास र सम्पुर्ण नेपाली जनतालाई निःशुल्क शिक्षा तथा स्वास्थ सेवा भए पुग्छ ।

कमल जिरेल

सबैभन्दा पहिले महंगी नियन्त्रण गर्नुहोला । १ महिना भित्र सबैलाई कोरोना खोप लगाइसक्नुहोला । देशका भ्रष्टाचरीहरुको छानविन गरी कारवाही अघि बढाउनु होला ।

अर्जुन गिरी

नागरिकता सम्बन्धी विधेयकको खारेजी, एमसीसी को खारेजी, मिचिएको नेपाली भुःभाग फिर्ता गर्न पहल गर्नुहोला । ओली सरकार लगायत सम्पूर्ण हालसम्मका ठुला भ्रष्टाचारको छानविन र जनताको चाहना। भावना बुझेर अघि बढ्नुहोला ।

सन्तोष खत्री

अब बन्ने सरकारले १५ वर्ष माथिका सबै नागरिकलाई ६ महिना भित्र खोप लगाउनु पर्छ ।

माधव खनाल

आफैंले लेखेको घोषणापत्र अनुसार काम गर्नु होला । दीेर्घकालिन असर पर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौता जनताबाट अनुमोदन नगराई लुकाएर नगर्नुहोला ।

आर.जे. खान

ओलिको भन्दा केही फरक गर्नु होला । सर्वप्रथम कोरोना महामारी लकडाउनको मारमा परेको नेपाली जनतालाई कर भाडामा छुट गर्नु होला । प्रत्येक नागरिकका लागि कोरोना खोप चाँडै उपलब्ध गराउनु होला । देशको अर्थतन्त्रलाई बलियो बनाई देश विकास गर्नेमा जोडतोडले अगाडि बढ्नु होला ।

कलासी रोकाया

सुदुर पश्चिममा ब्याप्त महिला र घरेलु हिंसाको अन्त्य गर्न आग्रह गर्दछु । आफ्नै कार्यकर्ता भए पनि सजाय दिनुहोला भन्न चाहन्छु ।

रुमा भट्टराई घिमिरे

गरिब जनताको पिर मर्म बुझेर काम गर्नु भयो भने अवश्य पनि देश बन्छ । केही व्यक्ति धनी भएर मात्र हुँदैन । सम्पुर्ण देशवासीको जीवनस्तर परिर्वन आउन जरुरी छ ।

४१ महिने प्रधानमन्त्री ओलीका २१ टुक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested