English

खर्च रित्तिए १ हजार यान सापटी



डा.बलराम श्रेष्ठ

विश्वको सबैभन्दा लामो आयु कुन देशका नागरिकको होला ? यसको जवाफ हो– जापान । जापान एउटा त्यस्तो देश हो जहाँ पुरुष औषत ८० वर्ष र महिला औषत ८६ वर्षसम्म बाँच्छन् । सामान्यत : अधिकांश जापानी एकसय वर्षभन्दा बढी बाँच्छन् भने ६० वर्षसम्म पनि उनीहरु जवान देखिन्छन् । यसको राज के होला ? यही पत्ता लगाउन जापानी नागरिकमाथि गरिएका अध्ययनले खानपान र उत्कृष्ट जीवनशेलीकै कारण उनीहरुको आयू अन्य देशको तुलनामा बढी छ ।

जापानी ओलम्पिकसमिति सन् १९११ मा गठन भयो भने सन् १९१२ मा यसले मान्यता प्राप्त गरेको थियो । सन् १९६४ मा १८ औं ओलम्पिक जापानको टोकियोमा आयोजित थियो । यसले जापानलाई आर्थिक महाशक्ति बन्ने बाटो पहिल्याउन सहयोग गर्यो ।

यतिबेला विश्व कोरोना महामारीका कारण आक्रान्त छ । यसबाट जापान पनि अछुतो छैन । यहाँ हालसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने करिव १५ हजारको मृत्यु भइसकेको छ । १५% जापानीले मात्र पूर्ण खोप लगाएका छन् । यो अवस्थामा पनि जापानले विश्वमा एउटा अद्धितीय साहस प्रस्तुत गर्दै खेलको महाकुम्भ ‘ओलम्पिक’ को आयोजना गर्दैछ ।

जापानको ओलम्पिक यात्रा

जापानले सन् १९१२ मा पहिलोपटक ओलम्पिकमा भाग लिएको थियो । त्यसयता यसले सबैजसो खेलमा प्रतिस्पर्धा गरेको छ । दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा आयोजित लन्डन ओलम्पिकमा जापानलाई आमन्त्रित गरिएन । जापानले अमेरिकी नेतृत्वमा सन् १९८० को ग्रीष्म ओलम्पिक मस्कोलाई बहिष्कार गरेको थियो । यस्तै, जापानले सन् १९२० मा पहिलो मेडल र सन् १९२८ मा पहिलो स्वर्ण पदक जितेको थियो ।

जापानी ओलम्पिकसमिति सन् १९११ मा गठन भयो भने सन् १९१२ मा यसले मान्यता प्राप्त गरेको थियो । सन् १९६४ मा १८ औं ओलम्पिक जापानको टोकियोमा आयोजित थियो । यसले जापानलाई आर्थिक महाशक्ति बन्ने बाटो पहिल्याउन सहयोग गर्यो । यसपटक जापानमा हुने टोकियो ओलम्पिकमा करिव ११ हजार ओलम्पियन र ४ हजार ४ सय प्यारालिम्पियनहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ । हजारौं अधिकारी, निर्णायक, प्रशासक, प्रायोजक, प्रसारणकर्ता र संचरमाध्यम सहभागी हुनेछन् । ओलम्पिक भिलेजका ८०% भन्दाबढी बासिन्दाहरू खोप लगाई सकिएको छ ।

जापानमा व्यापार व्यवसायको क्षेत्रमा विशेष गरी वरिष्ठताको भूमिकाबारे सचेत हुनु पर्छ । जुन उमेरअनुसार मापन गरिएको हुन्छ जसमा आफू भन्दा पाको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्ने गरिन्छ ।

अहिलेसम्म कै खतरनाक डेल्टा स्ट्रेनको संक्रमण फैलिनबाट रोक्न जापानले भाइरस रोकथामका भरपुर उपायहरू अवलम्बन गरेको छ । आफ्नो जनताको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै जापानले विश्वमाँझ आफुलाई एउटा महाशक्ति राष्ट्र देखाउने प्रयास गरेको छ ।

१२ जुलाईबाट जापानमा संकटकाल

जापानमा जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक हुनेछ भने अगष्ट २४ देखि प्यारा ओलम्पिक सुरु हुनेछ । जापान सरकारले १२ जुलाई देखि अगष्ट २२ सम्म संकटकाल लागू गरि ओलम्पिक सम्पन्न गर्ने निर्णय गरेको छ ।

जापानको शिष्टाचार शैली

शिष्टाचार, जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो । भेटघाट गर्दा होस् की छुट्टिदा वा केहि कुरा सोध्न पर्दा जापानीहरु नम्र भएर एकआपसमा शिष्टाचार आदानप्रदान गर्ने गर्छन् । जापानी समाज आपसी शिष्टाचारको बिषयमा अति संवेदनशील छ । उनीहरु एकअर्का प्रति पूर्ण शिष्टाचारको अपेक्षा गर्छन् ।

शिर झुकाएर एकआपसमा अभिवादन गर्नु जापानीज समाजको परम्परा हो । जब उनीहरु कसैलाई शिष्टाचारपूर्ण अभिवादन गर्दै माफी माग्छन् भने विभिन्न कोणमा शरीर झुकाएर अभिवादन गर्छन् । जापानमा व्यापार व्यवसायको क्षेत्रमा विशेष गरी वरिष्ठताको भूमिकाबारे सचेत हुनु पर्छ । जुन उमेरअनुसार मापन गरिएको हुन्छ जसमा आफू भन्दा पाको व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्ने गरिन्छ ।

अधिकांश जापानी कम्पनीहरूले पुरूष कर्मचारीहरूलाई दाह्री वा कपाल लामो राख्न अनुमति दिँदैनन् । त्यस्तै, महिला कर्मचारीहरुको हकमा पनि कपाल त्यतिकै छोडेको नभएर छोटो वा पछाडी बाँधिएको हुनु पर्छ ।

भेटघाटमा भिजिटिङ कार्ड अनिवार्य

व्यवसायिक कार्ड आदानप्रदानका बखत एकअर्का प्रति गरिने अभिवादन महत्वपूर्ण मानिन्छ । व्यवसायिक बैठकहरुमा जाँदा वा कसैसँग भेटघाट गर्दा व्यवसायिक कार्ड जति सकिन्छ बढी बोक्छन् । भिजिटिङ कार्ड सबैमा आदानप्रदान गर्नु जापानी भेटघाटको सुन्दर पक्ष हो । साथै, अर्को पक्षले दिएको कार्डलाई दुवै हातले सम्मानित ढंगले समातेर ‘धन्यवाद’ भन्दै लिने र आफूले पनि अर्को पक्षलाई त्यसरी नै दिने गरिन्छ ।

पोशाकमा संयमता

जापानमा व्यवसायिक पोशाकलाई अति महत्वपूर्ण मानिन्छ । आफ्नो व्यवसाय तथा कामअनुसार मानिसहरुले तथा कम्पनिहरुले फरक–फरक सफा पोशाक लगाउने चलन छ । सामान्यतया अफिसमा काम गर्ने कर्मचारीहरुले औपचारिक पोशाकको रुपमा कालो रंगको सुट, सेतो कमिज कालो टाई तथा पोलिश लगाएको कालो जुत्ता लगाउने गर्छन् । व्यक्तिगत स्वरूप अनुसार सबैले आफ्नो कपाल पातलो, छोटो चट्ट छाँटेर मिल्ने गरि काट्ने गर्दछन् ।

अधिकांश जापानी कम्पनीहरूले पुरूष कर्मचारीहरूलाई दाह्री वा कपाल लामो राख्न अनुमति दिँदैनन् । त्यस्तै, महिला कर्मचारीहरुको हकमा पनि कपाल त्यतिकै छोडेको नभएर छोटो वा पछाडी बाँधिएको हुनु पर्छ । आफ्नो शरीरअनुसार चट्ट परेको मिलेको औपचारिक ड्रेस लगाउनुपर्छ । धेरै जापानी कम्पनीहरूले महिला कर्मचारीलाई गहना लगाउन अनुमति दिँदैनन्, घुँडा भन्दा माथि आउने स्कर्ट वा अग्लो हिल पनि लगाएको त्यति अनुमति दिईदैन ।

काममा आफ्नै शैली

सन् २०१५ को सर्वेक्षणले जापानीजहरु धेरै काम गर्छन् । यो अरु देशको नागरिकको नजरमा पनि एकदमै प्रशंसनीय छ । तथापी शरीरले थाम्नेभन्दा बढी काम गर्ने प्रवृत्तिलाई जापानमा ‘खारोसी’ भन्ने गरिन्छ । यद्यपि, जापान सरकारले ‘खारोसी’ रोकथाम गर्न समय–समयमा विभिन्न उपायअनुसार सुविधा एवं नियमहरु प्याकेजमा ल्याउने गरिएको छ ।

यसैगरी, जापानमा न्यूनतम वार्षिक १० दिन बिदा हुन्छ । कर्मचारीहरूलाई अधिकतम २० दिनसम्म यो बिदा दिन सकिने व्यवस्था रहेको छ । कम्पनीको दैनिक काम वा अन्य कामदारलाई असर नपर्ने गरी आपसमा मिलेर मात्र बिदा स्वीकृत हुने गरेको देखिन्छ ।

रिसाउँछन् तर, अरुलाई गाली गर्दैनन्

जापानी समाजमा नकारात्मक भावनाहरू सानो तथा ठूलो जे भएपनि सूक्ष्मरूपमा व्यक्त गरिन्छ । कुरा गर्दा उनीहरु विभिन्न शारीरिक हाउभाउसहित व्यक्त गर्ने गर्दछन् । विशेषगरी टाउको हल्लाउने र आँखी भौं खुम्च्याउने जापानी शैली हो । जापानमा बोल्दा वा लेख्दा नकारात्मक र फोहोरी शब्दहरु त्यति धेरै छैन । त्यसैले उनीहरुलाई रिसाउँछन तर, फोहोरी शब्द प्रयोग गर्दैनन् । जापानी समाजमा व्यक्तिगत इज्जतलाई महत्वपूर्ण लिइन्छ । उनीहरु समाजमा आफ्नो व्यक्तिगत इज्जतमा धुमिल हुन नदिन सधै प्रयासरत रहन्छन् ।

जापानीजको सौख

मान्गाः जापानमा कमिक्सलाई मान्गा भनिन्छ । सबै उमेरका जापानीहरु मान्गा पढेर मनोरञ्जन लिने गर्छन् । साथै एनिमेसन गरी बनाइएका चलचित्रहरू जापानी यूवा माझ लोकप्रिय छ ।

खाराओकेः जापानमा आजकल खाराओके चलन सबै उमेरमाँझ निकै नै रुचाइएको मनोरन्जनात्मक सांगीतिक व्यवस्था हो । खाराओके भन्नाले यो एउटा विशेषतः कोठामा टिभी स्क्रिनमा आफूलाई मनपर्ने गीत –संगीत आफैले छनोट गरेर उक्त गीत –संगीतको लय सँगैसँगै आफूले पनि माइकमा गायकले जस्तै गीत गाएर मनोरन्जन लिने मनोरन्जनात्मक सांगीतिक अवस्था हो ।

भिडियो गेमः यो खेलबाट एयर हकीदेखि नृत्य, शारीरिक र रणनीतिक खेलहरूको सम्पूर्ण रुपमा मनोरन्जन लिन सकिने हुनाले भिडियो गेमप्रति पनि सबैको झुकाव देखिन्छ । खेलकुदः खेलकुद क्षेत्रमा जापानमा सुमो, बेसबल र फुटबल खेलहरू लोकप्रिय रहेका छन् । योसँगै जापानमा परम्परागत खेलहरू क्यायुडो (तारो हान्ने) र मार्सल आर्ट, कराँते आदि खेलहरु पनि लोकप्रिय छन् ।

आफूले जिम्मा लिएको काम अन्तिम सम्म गरेर पुरा गर्नु पर्छ, गर्न सकिने काम मात्र गर्छु भन्नु पर्छ, गल्ति गरेमा वा भएमा तुरुन्तै माफी मागी आत्मालोचना गर्नुपर्छ, आफूलाई अरुसँग दाजेर समय खर्च गर्नु हँुदैन भन्ने जस्ता व्यवहारिक ज्ञान दिइन्छ ।

जापानको शैक्षिक व्यवस्था

साक्षरता तथा सीपको क्षेत्रमा जापानका विद्यार्थीहरुले विश्वको नेतृत्व गर्ने गरेका छन् भन्दा अत्युक्ति नहोला । जापानको स्कूल तथा शिक्षाप्रणालीलाई विश्व आर्थिक फोरमले संयुक्त रूपमा नवौं स्थान दिएको बाट पनि यो प्रष्ट हुन्छ । जापानको शैक्षिक प्रणालीअनुसार विद्यालयहरुलाई बिशेषतः चार वर्गमा छुट्टाइएको छ ।

– एलिमेन्टरी स्कूलमा (छ वर्ष)

– जुनियर हाई स्कूलमा (तीन वर्ष )

– उच्च माध्यमिक विद्यालय ((तीन वर्ष)

– विश्वविद्यालय (सामान्यतया चार वर्ष)

यसका अलवा पनि केही विद्यालयहरु विभिन्न देशको शैक्षिक व्यवस्था अनुसार सञ्चालित छन् । त्यसमा जापान सरकारले कुनै हस्तक्षेप छैन । साथै, शारीरिक अशक्तता, अपांगता भएका बालबालिकाको लागि पनि बेग्लै विद्यालयको व्यवस्था गरेको छ ।

८५ प्रतिशत विद्यार्थी स्कुलमा खुशी

एलिमेन्टरी स्कूलमा, व्यावहारिक प्रशिक्षण र प्रयोगशालाको अभ्यासबाहेक सबै पाठ्यक्रमहरूको शिक्षण प्राय जसो एकै शिक्षकले गर्ने गर्दछ । एउटा कक्षामा विद्यार्थीको संख्या सामान्यतया ४० भन्दा कम हुन्छन् । यहाँको शैक्षिक प्रणालीमा आ–आफ्नो काम आफैं गर्नुपर्छ । अरुलाई दुःख दिनु हुँदैन, परिश्रम गरी कमाएको कमाईबाहेक अरुमा लोभ गर्नु अपराध हो, परिश्रम बिनाको रकम लिन हुँदैन, आफू्सँग झुटो बोल्नु र ढाट्नु भनेको अपराधको सुरुवात गर्नु हो, समुहमा मिलेर काम गर्नुपर्छ भन्ने कुरा सिकाइन्छ ।

त्यसैगरी, आफूले जिम्मा लिएको काम अन्तिम सम्म गरेर पुरा गर्नु पर्छ, गर्न सकिने काम मात्र गर्छु भन्नु पर्छ, गल्ति गरेमा वा भएमा तुरुन्तै माफी मागी आत्मालोचना गर्नुपर्छ, आफूलाई अरुसँग दाजेर समय खर्च गर्नु हँुदैन भन्ने जस्ता व्यवहारिक ज्ञान दिइन्छ ।

त्यसो त एक अध्ययनका अनुसार जापानका विद्यार्थीले कहिल्यै कक्षा छोड्दैनन्, स्कूल जान ढिला गर्दैनन् । स्कूलको सम्बन्धमा बलियो तथा सकारात्मक भावना रहेको छ । यसका अतिरिक्त जापानका ८५ प्रतिशत विद्यार्थीहरू स्कूलमा खुशी छन् । ९१ % बिद्यार्थीहरु शिक्षक प्रति आज्ञाकारी हुने गर्छन् । ७० % बिद्यार्थीहरुले स्कुलपछि पनि विद्यालयमा रहेर थप कक्षाहरु लिने गरेको उक्त अध्ययनले देखाएको थियो ।

पर्यटकीय हब

जापानमा वार्षिक ४ करोडको हाराहारीमा पर्यटक भित्रिन्छन् । भ्रमणमा आएका अधिकांश पर्यटकहरु फर्कने बेला जापानीहरुको मैत्रीभाव, इमान्दारिता, नम्र, नैतिकवान, सहयोगीभावबाट पुलकित हुन्छन् । यस्तै, बाटो बिर्सिएमा नजिकको प्रहरी बक्सलाई भनेमा प्रहरीले सक्दो सहयोग गर्छन् । यतिसम्मकी घर फर्कन खर्च नभए १ हजार येनसम्म सापट दिन्छन् । त्यसैले पनि जापानमा पर्यटकको केन्द्र बन्न पुगेको हो ।

लेखक– जापानमा विगत लामो समयदेखि अन्तर्राष्ट्रिय अधिवक्ताको रुपमा कार्यरत हुँदै, अनुसन्धान विद् तथा जापान नेपाल विजनेस चेम्बर अफ कमर्सका बाणिज्यदुत हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती