English

यसकारण पोल्छ पेट, कसरी बच्ने ?



डा. सन्दिपराज कुँवर, पेट रोग विशेषज्ञ

पछिल्लो समय पेट पोल्ने समस्याले अधिकांश मानिसलाई सताउने गरेको छ । पेट पोल्ने विभिन्न कारणहरु हुन्छन् त्यसमध्ये ग्यास्ट्राइटिस, प्यानक्रियाटाइटिस, पित्तको थैलीमा हुने पत्थरी, आन्द्रामा समस्या, हेपाटाइटिस मूख्य हुन् ।

यस्तै, पेटमा एसिडको मात्रा धेरै भएमा वा एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्छ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटमा अल्सर भएमा पनि पेट पोल्ने समस्या देखिन सक्छ ।

पेट पोल्ने समस्याबाट बच्ने उपाय :

– लामो समय भोको नबस्ने ।

– चिल्लो, तारेका खानेकुराहरु कम खाने ।

– पानी प्रशस्त पिउने ।

– धुम्रपान, मद्यपान सेवन नगर्ने ।

– दुग्धजन्य खानेकुरा कम खाने ।

– खाना खाने बित्तिकै नसुत्ने

– रातिको खाना सुत्नु भन्दा दुई–तीन घन्टा अघि खाने ।

– नियमित व्यायाम र हिँडडुल गर्ने ।

– जंक फुड नखाने ।

– तनाव नलिने ।

– तैपनि पेट पोल्यो भने कारण पत्ता लगाउन भिडियो एक्सरे वा अल्ट्रासाउन्ड गरेर चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested