English

कोभिडको जोखिम बढ्ने संकेत, खोप नलगाउने बढी प्रभावित हुन सक्ने



विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने संकेत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर संक्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्यांकले बढ्ने आशंका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा संक्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी यतिखेर सर्तक हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउँछन् ।

जनस्वासथ्यविद् डा. रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्छन् । भारतमा समेत संक्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने विगतको उदाहरण छ ।

‘जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन’, डा. अधिकारीले भने, ‘अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नु हुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।’ मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको संक्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आँकलन गर्दै अस्पताललाई आवश्यक शय्या व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ ।

जनस्वासथ्यविद् डा. रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गर्छन् । भारतमा समेत संक्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने विगतको उदाहरण छ ।

मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा मानिसको भिडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरवाही देखिन थालेको छ । चार दिन अघिको दैनिक तथ्यांकसँग बुधबारको तुलना गर्दा १ हजार ३७६ जना बढी संक्रमित देखिनु भनेको जोखिम बढ्दै गएको संकेत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा बुधबार (असार २३ मा) ११ हजार ८९८ को परीक्षणमा २ हजार ९७९ मा संक्रमण देखियो ।

त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी संक्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण देखिएको थियो । असार २१ गतेको तथ्यांकमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा संक्रमण पुष्टि भएको थियो । असार २० गते एक हजार ६०३ जना संक्रमित फेला परेका थिए ।

दोस्रो लहरको संक्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा सुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यका लगायत संक्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो । वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो ।

संक्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ । सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौँ उपत्यकामा यही २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ । अन्तर जिल्ला यातायत आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधि बाहेकका अन्य गतिविधि खुला गरिएको छ ।

यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्ने डा. पाण्डेको विश्लेषण छ । उनी २५ देखि ३० प्रतिशतको हाराहारीमा संक्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभई आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिन्छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुने जोड दिन्छन् । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वभाविक रुपमा बढ्ने उनको भनाइ छ । उनले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको समेत जानकारी दिए ।

यस्तो छ सुझाव

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेका अनुसार अहिले मुलुकका विभिन्न जिल्ला कोभिड–१९ को जोखिमबाट बाहिर गएर निषेधाज्ञा खुलाएको होइन । कूल २५ देखि ३० प्रतिशतको हाराहारीमा संक्रमण कायमै थियो । थोरै परिवर्तन मात्रै भएको थियो । यो बेला परीक्षणको दायरा साँघुरो र आमजनता पनि परीक्षणमा उत्सुक नदेखिएको पाइएको उनले बताए । काठमाडौँभन्दा गाउँमा धेरै नै संक्रमण रहेको तर, परीक्षण हुन नसकेको उनको मुल्यांकन छ ।

नेपालमा फैलिएको डेल्टा प्रजातिको विश्वभरी नै प्रभाव छ । यो झण्डै १०० देशमा फैलिएको छ । डेल्टालाई रोक्न धेरै मुलुक बन्दाबन्दीमा छ । डेल्टा प्लस पनि परीक्षणमा देखिइसकेको छ । अब नरम खालको वा कडा खालको पनि आउन सक्ने उनी बताउँछन् । राम्रो अध्ययन नहुँदा जोखिम बढ्दो नै छ ।

मुलुकमा केहीदिन यता संक्रमण वृद्धिदर बढ्दो छ । आर्थिक गतिविधि चलायमान गर्न मात्र निषेधाज्ञा खुकुलो पारिएको हो । तर, बुझाई फरक पर्दा घाँटी र चिउँडोमा मास्क लगाउने अबस्था देखिन थालेको छ । काम गर्ने क्षेत्रका, तरकारी पसल, अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएका छैनन् । त्यसैले संक्रमण बढ्न सहयोग पु¥याएको छ । उनको विश्लेषणअनुसार अहिले नै तेस्रो प्रजाति भित्रिने सम्भावना भने कम छ । तर, अहिले कै डेल्टा प्रजाति बढेर तेस्रो लहर आउन सक्ने सम्भावना पनि छ ।

मुलुकमा खोप पनि पर्याप्त मात्रामा आउन सकेको छैन । अहिलेसम्म २६ लाख मानिसले पहिलो मात्रा र साँढे ८ लाख मानिसले दोस्रो मात्राको खोप लगाएको सरकारी तथ्यांङ्कमा उल्लेख छ । यो बेला धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्दथ्यो । त्यो सम्भव नभएपछि अबको लहरमा खोप नलगाएकाहरू बढी जोखिममा रहने उनको जिकीर छ ।

जोखिम रोक्ने मुख्य उपाय भनेको भिडभाड रोक्नु र मानिसमा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराउनु हो । भिडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक परे जरिवाना नै लगाउनुपर्ने उनको सुझाव छ । ‘ठाउँठाउँमा जनचेतना पनि आवश्यक छ, थाहा हुँदाहुँदै पनि मानिस सचेत भएका छैनन्, आफूलाई नपरेसम्म नजरअन्दाज गर्ने हाम्रो सोच छ, त्यो सोच बदल्न जरुरी छ,’ डा. पाण्डेले भने ।

नेपालमा फैलिएको डेल्टा प्रजातिको विश्वभरी नै प्रभाव छ । यो झण्डै १०० देशमा फैलिएको छ । डेल्टालाई रोक्न धेरै मुलुक बन्दाबन्दीमा छ । डेल्टा प्लस पनि परीक्षणमा देखिइसकेको छ । अब नरम खालको वा कडा खालको पनि आउन सक्ने उनी बताउँछन् । राम्रो अध्ययन नहुँदा जोखिम बढ्दो नै छ ।

नेपालमा युवाले खोप नलगाएका कारण उनीहरूसमेत जोखिममा छन् । बालबालिका मात्रै जोखिममा पर्ने होइन । जुनजुन क्षेत्र चलायमान गरियो । त्यसमा नीति, नियम तथा मापदण्ड पूर्ण पालना गराउन जरुरी हुन्छ । यातायात, मालपोत, कर कार्यालयजस्ता क्षेत्रमा एकदम भिड छ, त्यो भिड कसरी कम गर्ने ? गम्भीर बन्नुपर्ने उनको तर्क छ । सरकार र नागरिक मिलेर आ–आफ्नो क्षेत्रबाट योगदान गर्यौं भने नियन्त्रण सम्भव छ । नत्र अप्ठेरो अवस्था आउन सक्ने उनको ठम्याई छ ।


अहिले भारतमा समेत फेरि संक्रमण बढ्न थालेको छ । भारतमा बढ्नु भनेको नेपालमा पनि बढ्ने सङ्केत हो । कोरोनाको पहिलो लहर र दोस्रो लहर आउँदा पहिले भारतमा आएपछि त्यसको केही हप्तामा नेपालमा महामारी भएको थियो । डा. पाण्डे भन्छन्, ‘पुनः जोखिम उच्च देखिएकाले हामीले कतै लापरवाही ग¥यौँ की, समीक्षा गरौँ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,