एकैदिन २,६३४ जनामा संक्रमण १,५६५ ले जिते कोरोना



नेपालमा थप २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ५ सय ६५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालका कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४ सय ९९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ६५, ललितपुरमा १ सय ५ र भक्तपुरमा २९ जना रहेका छन् । हाल काठमाडौंमा ५ हजार ३ सय ३०, भक्तपरमा ९ सय ७३ र ललितपुरमा १ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालभर २२ हजार ९ सय ६९ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ८ सय ५९ जना संस्थागत आइसोलेसनमा छन् । यी मध्ये ५ सय ६७ जनाको आईसियू र १ सय ७१ जनाको भेन्टिलेटमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप १५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ९ हजार २ सय ६३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढीमा श्री कलेक्सन प्रिमियम बुटिक सञ्चालनमा आएको छ । शनिबारदखि बुटिक औपचारिक रुपमा सञ्चालनमा आएको हो । उक्त बुटिकलाई अभिनेत्री

अकेला दिन प्रतिदिन रम्भाको उमेर चढ्दै गयो । गाजलु आँखा, लामो आँखी भौं, सुन्दर लामो कालो कपाल, चटक्क परेको नाक,

दीपीका प्रसाईं, अभिनेत्री मैले २०६७ सालमा कपनस्थित चाहना इन्टरनेशनल स्कुलबाट प्रथम श्रेणीमा एलएलसी उत्तिण गरें । एलएलसीपछि कलेज पढ्न एकदम

हास्यकलाकार नविना सिलवाल आम दर्शकहरुमाझ ‘खुइली’ नामले परिचित छिन् । उनको अभिनयलाई मन पराउने थुप्रै दर्शक छन् । हास्य टेलिश्रृङ्खला