English

आँचल भन्छिन् – ‘कलेजमा प्रेम प्रस्ताव थुप्रै आए, वास्तै गरिनँ’



२०६९ सालमा काठमाडौँ इन्टरनेशनल स्कूलबाट एसएलसी दिएँ । नतिजा राम्रो आयो । त्यसपछि अब कक्षा ११ कहाँ पढ्ने के पढ्ने सबैलाई चिन्ता र चासो हुन्छ । मलाई पनि त्यसो हुनु स्वभाविक नै थियो । मेरो समाजसेवातर्फ झुकाव थियो त्यसैले मानविकी संकायमा अध्ययन गर्ने सोच बनाएँ । सोही अनुसार ट्रिनिटी इन्टरनेशनल कलेजमा कक्षा ११ मा भर्ना भएँ ।

कलेज जीवनमा सबैको तीता, मीठा अनुभव हुन्छन् । मेरा पनि छन् । म कलेजमा जेहेनदार विद्यार्थीभित्र पर्थें । साथीहरु कलेज बङ्क गरेर घुम्न जान्थे, होटल रेष्टुरेन्टमा बस्थे तर, मैले त्यस्तो कहिल्यै गरिनँ । कलेजका मेरा साथीहरु पनि त्यस्ता स्वभावका थिएनन् । त्यसैले कलेज लाइफमा जुन खालको रमाइलो गर्नुपथ्र्यो त्यो गरिएन जस्तो लाग्छ ।

मलाई मनपराउने थुप्रै थिए । कलेज सकिने अन्तिम समयमा एकजना केटाले प्रेम प्रस्ताव राखेका थिए मैले वास्तै गरिनँ ।

टिफिन टाइमा साथीहरुसँग क्यान्टिनमा खाजा खाइन्थ्यो । छोले भटुरे, सी मःम र चाउमिन प्रायः खाइन्थ्यो । कलेजमा मेरो एकदुई जनामात्र मिल्ने साथी थिए । त्यसमध्ये सक्रिन एकदमै मिल्ने थिइ ।


प्लस टु अध्ययन गर्दा कलेजले हामीलाई शैक्षिक भ्रमणका लागि पोखराको धम्पुस लगेको थियो । पोखरा बजारबाट धम्पुससम्म ३ देखि ४ घण्टाको ट्रेकिङ गएका थियौं । त्यत्तिकैमा ए लेबलका विद्यार्थी छिटो पुग्ने की मानविकीका विद्यार्थी भन्ने प्रतिस्पार्धा भएको थियो । म केटीतर्फ दोस्रो भएको थिएँ ।

त्यो प्रेम प्रस्ताव

प्लस टु अध्ययन गर्दाको उमेर भनेको चन्चले नै हुन्छ । साथै, नयाँ नयाँ साथीहरु पनि भेटिन्छ । त्यसैले एकअर्कालाई मनपराउनु प्रेमप्रस्ताव राख्नु सामान्य नै हो । तर, मैले कसैलाई पनि प्रेम प्रस्ताव राखिन । मलाई मनपराउने भने थुप्रै थिए । कलेज सकिने अन्तिम समयमा भने मलाई एकजना केटा साथीले प्रेमप्रस्ताव राखेका थिए मैले वास्तै गरिनँ ।

प्लस टुको पढाई सकिएसँगै मैले एनटिभी प्लस (नेपाल टेलिभिजन) मा बुधबार १ घण्टाको कार्यक्रम सञ्चालन गर्न थालेँ । मैले स्नातक तहको अध्ययन पनि ट्रिनिटीबाटै गरेको हो । त्यतिबेला म कलाकारिता क्षेत्रमा लागिसकेकी थिएँ । भिडियो र फिल्म सुटिङले गर्दा स्नातक तहको कक्षा नियमित जान पाइँदैन थियो । यसले गर्दा परीक्षाको समयमा मलाई एकदमै गाह्रो भयो ।

सामाजिक सेवाका लागि वृद्धाआश्रममा मैले २ वर्ष इन्ट्रन गरेकी थिए । सानैमा मेरा हजुरबुवा र हजुरआमा बित्नु भयो । साथीहरुले आफ्ना हजुरबुवा र हजुरआमासँग बसेको कुरा सुनाउनु हुन्थ्यो । त्यसकारण कलेजले सामाजिक सेवाका लागि क्षेत्र वर्गीकरण गर्दा वृद्धा आश्रम चुनेकी थिए ।

करिअरको सुरुवाती चरणमा कलेजमा साथी र शिक्षकले मलाई अरु विद्यार्थी भन्दा फरक व्यवहार गर्नु हुन्थ्यो । जब म सफल हुँदै गएँ तब मलाई कलेजमा सबैले नोटिस गर्न थाले । नचिनेका साथीहरु पनि बोल्न आउन थाले, शिक्षकहरुले पनि गर्व अनुभूति गर्न थाल्नुभयो । ती कुराले मलाई अघि बढ्न झनै हौसला दिन्थ्यो । तर, म कलाकारिता नलाग्दै शिक्षक शिक्षिकाहरुको प्यारी थिएँ ।

स्नातक अध्ययन गर्दै गर्दा रिसर्चका लागि कलेजबाट मुस्ताङ गएका थियौं । मुक्तिनाथ मन्दिरबाट होटेल फर्किदा ट्रेकिङ्ग गर्ने सल्लाह भयो तर मलाई हिँड्न गाह्रो हुने भएकाले म लगायत मेरा दुई तीन जना साथी हिँड्न नसक्ने भएकाले जीप रिजर्व गरेर फर्केका थियौँ । हामी जीपमा दिउँसोको दुई बजे होटेल पुग्यौं तर, साथीहरु बेलुका ८ बजे पुग्नुभएको थियो । हामीले खासै रिसर्च पनि गरेनौं । मुस्ताङ घुम्ने बाहना मात्र बन्यो ।

सामाजिक सेवाका लागि वृद्धाआश्रममा मैले २ वर्ष इन्ट्रन गरेकी थिए । सानैमा मेरा हजुरबुवा र हजुरआमा बित्नु भयो । साथीहरुले आफ्ना हजुरबुवा र हजुरआमासँग बसेको कुरा सुनाउनु हुन्थ्यो ।

त्यसकारण कलेजले सामाजिक सेवाका लागि क्षेत्र वर्गीकरण गर्दा वृद्धा आश्रम चुनेकी थिए । कलेजको समयपछि ३ घण्टा दैनिक आश्रममा जाँदा वृद्धवृद्धालाई नुहाउने र नाङ काट्ने काम गर्थें । घरमा आमाले सुनाउँदा मन नपर्ने प्रवचनहरु आश्रम जान थालेपछि मन पर्न थाल्यो । आश्रमका आमाहरुले मलाई बत्ती कात्न सिकाउनुभएको थियो । यसरी नै मेरो कलेजका दिनहरु बिते ।

प्रस्तुति : सरिता थारू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested