English

यसरी बनाउनुस् घरमै आलु परौठा



आलु परौठा अधिकांशलाई मनपर्ने परिकार हो । गहुँको पिठो, आलु र विभिन्न मसलाको प्रयोग यसलाई पकाउन सकिन्छ । त्यसैले शनिवारको दिन घरमा परिवारसँग रमाइलो गर्दै आलु परौठा खान सक्नुहुन्छ । जसलाई बनाउने विधि र आवश्यक सामग्रीका बारेमा यहाँ चर्चा गरिएको छ :

आवश्यक सामग्री

– गहुँको पिठो

– पानी आवश्यकता अनुसार

– उसिनेको आलु (बोक्रा निकालेको)

– मसिनो गरी काटेको प्याज, लसुन, हरियो धनियाँ र खुर्सानी आवश्यक अनुसार

– रातो खुर्सानीको धुलो

– जीरा र धनियाँको दाना

– नुन स्वादअनुसार

– बटर, घ्यु वा तेल

बनाउने विधि

– पिठोमा नुन, बटर, घ्यु वा तेल राखेर मिक्स गर्ने ।

– थोरै–थोरै पानी राखेर पिठो मुछ्ने ।

– जीरा–धनियाँको दाना पिसेर धुलो बनाउने ।

– सानो आगोमा प्यान बसाल्ने ।

– बटर, घ्यु वा तेल राख्ने र जीरा धनियाँको धुलो, काटेको प्याज, लसुन, र खुर्सानी भुट्ने ।

– अब भुटेको मसला, रातो खुर्सानीको धुलो र हरियो धनियाँ उसिनेको आलुमा राखेर मसिनो हुने गरी मोल्ने ।

– पहिला मुछेको पिठो फेरी थोरै मुछ्ने र रोटी बनाउन आवश्यक हुने जति पिठो हातमा लिने ।

– बेल्नाको सहायताले सानो रोटी बेल्ने र आलु राखेर ढल्लो बनाउने (मःम बनाउँदा पिठोकोढल्लो बनाए जस्तै)

– त्यसपछि पिठोको ढल्लोलाई हातले थिच्दै फैलाउने र रोटी बेल्ने ।

– तयार भएको परौठालाई बटर वा घ्यु राखेर पकाउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested