English

यसरी बनाउनुस् घरमै आलु परौठा



आलु परौठा अधिकांशलाई मनपर्ने परिकार हो । गहुँको पिठो, आलु र विभिन्न मसलाको प्रयोग यसलाई पकाउन सकिन्छ । त्यसैले शनिवारको दिन घरमा परिवारसँग रमाइलो गर्दै आलु परौठा खान सक्नुहुन्छ । जसलाई बनाउने विधि र आवश्यक सामग्रीका बारेमा यहाँ चर्चा गरिएको छ :

आवश्यक सामग्री

– गहुँको पिठो

– पानी आवश्यकता अनुसार

– उसिनेको आलु (बोक्रा निकालेको)

– मसिनो गरी काटेको प्याज, लसुन, हरियो धनियाँ र खुर्सानी आवश्यक अनुसार

– रातो खुर्सानीको धुलो

– जीरा र धनियाँको दाना

– नुन स्वादअनुसार

– बटर, घ्यु वा तेल

बनाउने विधि

– पिठोमा नुन, बटर, घ्यु वा तेल राखेर मिक्स गर्ने ।

– थोरै–थोरै पानी राखेर पिठो मुछ्ने ।

– जीरा–धनियाँको दाना पिसेर धुलो बनाउने ।

– सानो आगोमा प्यान बसाल्ने ।

– बटर, घ्यु वा तेल राख्ने र जीरा धनियाँको धुलो, काटेको प्याज, लसुन, र खुर्सानी भुट्ने ।

– अब भुटेको मसला, रातो खुर्सानीको धुलो र हरियो धनियाँ उसिनेको आलुमा राखेर मसिनो हुने गरी मोल्ने ।

– पहिला मुछेको पिठो फेरी थोरै मुछ्ने र रोटी बनाउन आवश्यक हुने जति पिठो हातमा लिने ।

– बेल्नाको सहायताले सानो रोटी बेल्ने र आलु राखेर ढल्लो बनाउने (मःम बनाउँदा पिठोकोढल्लो बनाए जस्तै)

– त्यसपछि पिठोको ढल्लोलाई हातले थिच्दै फैलाउने र रोटी बेल्ने ।

– तयार भएको परौठालाई बटर वा घ्यु राखेर पकाउने ।



...
зарубежные сериалы в хорошем HD качестве

Yes! Finally something about %keyword1%. зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु