English

गायिका शोभा त्रिपाठीको नजरमा पढ्नै पर्ने ३ पुस्तक



शनिवारको दिन फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर, यो खाली समयमा कस्तो पुस्तक पढेर त ? अथवा कस्ता पुस्तक छान्दा राम्रो हुन्छ ? भन्ने किसिमको द्विविधामा हुनुहुन्छ भने गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको सिफारिस यस्तो छ ?

सेतो बाघ

यो पुस्तक मैले पढेका पुस्तकहरु मध्येका उत्कृष्ट पुस्तक हो । यस पुस्तकको लेखन शैली उत्कृष्ट छ । सेतो बाघ डायमनसम्शेर राणाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । जसमा राणा कालको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । राणा कालको समयमा के–के भएको थियो भन्ने कुरा पढ्दा निकै रमाइलो लाग्छ ।

मेरो जीवनको पाना

गौरा प्रसाईंको ‘मेरा जीवनका पाना’ आत्मकथा पनि मलाई एकदमै मन परेको किताब हो । सत्य घटनामा आधारित यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ । यो पुस्तकलाई लिएर मैले एउटा डकुमेन्ट्री नै पनि बनाएको छु । उहाँको दुःखका कथाले साह्रै मन छोएको थियो ।

महको म

मदनकृष्ण श्रेष्ठको यस किताबले जीवनमा आइपर्ने उतारचढावहरुसँग कसरी लड्ने भन्ने कुरा सिकाउँछ । यस पुस्तकले जीवन जीउने कला सिकाउँछ त्यसैले यो पुस्तक पनि उत्कृष्ट पुस्तकहरुको सुचीमा पर्छ । यो पुस्तकले पढेर दुःखमा आत्तिनु हुँदैन र सुखमा मात्तिनु हुँदैन भन्ने सन्देश दिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested