English

विश्वमा कहाँ–कहाँ छन् चर्चित शिव मन्दिर ?



विश्वका चर्चित १३ शिव मन्दिर

भगवान शिवलाई देवताहरूको पनि देवता अर्थात महादेव भनेर चिनिन्छ । महादेवको महिमा अपरम्पार छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको ‘शिवरात्री पर्व’लाई शिवरात्रीको दिन भव्यताका साथ मनाइने गरिन्छ । नेपालमा मात्र नभई अन्य विभिन्न देशहरूमा पनि यस दिनको महत्व उत्तिकै छ ।

शिवरात्री पर्व भव्यताका साथ मनाइने भगवान् शिवका विश्वभर रहेका खास १३ मन्दिरहरू यस्ता छन्ः

पशुपतिनाथ मन्दिर, नेपाल
नेपालको काठमाडौंमा अवस्थित पशुपतिनाथ मन्दिर विश्वका २ सय ७५ शिवका पवित्र स्थलमध्येको प्रमुख धार्मिक स्थलको रूपमा मानिन्छ । यहाँ भगवान् शिवका चारवटा मूर्तिहरू अवस्थित छन् । सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सफल पशुपतिनाथ मन्दिर २ हजार वर्ष पुरानो भएको जनविश्वास छ । यस मन्दिरको क्षेत्रफल २ सय ४० हेक्टर जग्गामा फैलिएको छ । यो मन्दिर ११ औँ शताब्दीमा निर्माण र १७ औँ शताब्दीमा पुनर्निर्माण गरिएको बताइन्छ ।

केदारनाथ, भारत
केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तीर्थस्थल हो । यो भारतको उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ समुन्द्री सतहदेखि करीब ३ हजार ५ सय ८३ मिटर माथि रहेको छ । केदारनाथ त्यो स्थान हो, जहाँ भगवान् शिवले आफ्नो जटाबाट गंगाको पवित्र पानी अर्थात गंगा बगाएका थिए, जसको परिणामस्वरूप गंगा नदीको निर्माण भएको थियो ।

वृहदेश्वरा मन्दिर, ताञ्जवूर– भारत
ताञ्जवूरमा अवस्थित यस ‘वृहदेश्वरा मन्दिर’ भगवान् शिवप्रति समर्पित एक महत्वपूर्ण हिन्दू मन्दिर हो । यस मन्दिरलाई भारतको ‘चोला शैली’कै सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । दक्षिणमेरु शिलालेखमा उल्लेख गरिएअनुसार, यो मन्दिरको निर्माण चोला राजा ‘राजरजल’ले निर्माण गरेका हुन् । यूनेस्कोले यस मन्दिरलाई पनि ‘जीवित चोला मन्दिर’अन्तर्गत ‘विश्व सम्पदा सूची’मा सूचीकृत गरेको छ ।

विरुपाक्ष मन्दिर, हाम्पी– भारत
भारतको विरुपाक्ष मन्दिरमा भगवान् शिवलाई विरुपाक्षको रूपमा पूजा गरिन्छ । सातौँ शताब्दीमा शुुरुवात भएदेखि नै कुनै बाधा अड्चन बिना चलिरहेको मानिएको यस ‘विरुपाक्ष मन्दिर’ भारतको हाम्पी क्षेत्रको सबैभन्दा मूख्य र पुरानो मन्दिर हो । यस मन्दिरमा प्रयोग भएका उत्कृष्ट कलाकृति र संरचनाशैलीको कारणले यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । यस मन्दिरका तल्लाहरूमा हस्तकला र अनेकौँ हिन्दूु देवताहरूको मूर्ति रहेको छ ।

श्री शिव–विष्णु मन्दिर, अष्ट्रेलिया
मेलबर्न, अष्ट्रेलियामा अवस्थित यो शिव र विष्णुको मन्दिर हो । भगवान् शिव र विष्णुको सुन्दर मूर्ति रहेको यो मन्दिर लगभग १९८७ को आसपासमा निर्माण भएको बताइन्छ । मन्दिरको उद्घाटनमा श्रीलंकाका दशजना पुजारीहरूबाट पूजा गरिएको बताइन्छ । यो मन्दिरको वास्तुकला हिन्दूु र अष्ट्रेलियाली परम्पराको संयुक्त कलाको मिश्रण हो । यस मन्दिरमा भगवान् शिव र विष्णुका साथसाथै अन्य हिन्दू देवताहरूको पनि पूजा गरिन्छ ।

शिव–विष्णु मन्दिर, क्यालीफोर्निया
लिभरमोर, क्यालिफोर्नियामा अवस्थित शिव–विष्णु मन्दिरमा उत्तर भारत र दक्षिण भारतको सुन्दर वास्तुकला मिश्रण गरिएको छ । भगवान् शिवबाहेक, गणेश, देवी दुर्गा, भगवान अयप्पा, देवी लक्ष्मी, आदिको पनि यहाँ पूजा गरिन्छ । यस मन्दिरमा रहेका मूर्तिहरू तमिलनाडु सरकारले दिएको बताइन्छ ।

शिव मन्दिर, आंकल्यान्ड, न्यूजिल्याण्ड
न्यूजिल्याण्डमा निर्माण भएको यो मन्दिरको मुख्य स्थापनको कारण हिन्दू धर्मप्रति विश्वास जगाउनु रहेको बताइन्छ । यो मन्दिरको निर्माण २००४ सालको आसपासमा भएको थियो । यो मन्दिरको आचार्य महामण्डलेश्वर स्वामी शिवंदेव महाराजले दिएको मार्गदर्शनअनुसार निर्माण भएको बताइन्छ । यस मन्दिरमा भगवान् नर्वदेश्वरको शिवलिंग रहेको छ ।

शिव हिन्दू मन्दिर, जुईदोस्त, एमस्टर्डम
यो मन्दिर लगभग ४ हजार किलोमिटरमा फैलिएको छ । यस मन्दिरको ढोका भक्तहरूले सन् २०११ मा खोलेका थिए । यस मन्दिरमा भगवान् शिवका साथै भगवान् गणेश, देवी दुर्गा, भगवान् हनुमानको समेत पूजा हुने गरेको बताइन्छ । यो मन्दिरमा भगवान शिव पञ्चमुखी शिवलिंगको रूपमा रहेका छन् ।

प्रम्वनान, इण्डोनेशिया
‘प्रम्वनान मन्दिर’ इण्डोनेशियाकै सबैभन्दा ठूलो हिन्दू मन्दिर हो । र, यो एशियाकै सबैभन्दा ठूलो हिन्दू मन्दिर पनि हो । यहाँको अग्लो र चुच्चोयुक्त कलाकृतिले हिन्दू मन्दिरकै कलाशैलीलाई झल्काउँदछ । नवौँ शताब्दीमा निर्माण गरिएको यस मन्दिर परिसरमा लगभग २ सय भन्दा बढी स–साना मन्दिरहरू रहेका छन् । ती सबै मन्दिरले बीचको मूख्य तीन अग्ला मन्दिरलाई घेरेको छ । ती तीन अग्ला मन्दिर हिन्दू धर्मका त्रिमूर्तिदेव ‘ब्रह्मा– विष्णु– महेश्वर’ प्रति समर्पण गरेर बनाइएको हो ।

कटस राज मन्दिर, पाकिस्तान
कटसराज मन्दिर पाकिस्तानमा अवस्थित भगवान शिवको मन्दिर हो । यो मन्दिर पाकिस्तानको चकवाल गाउँबाट लगभग ४० किमीको दूरी पार गरेपछि एउटा पहाडमा पुगेपछि भेटिन्छ । यो मन्दिर महाभारत कालको त्रेता युगमा स्थापना भएको विश्वास गरिन्छ । यस मन्दिरसँग पाण्डवहरूको कथा पनि जोडिएर आएको छ । यस मन्दिर अगाडि एउटा कुण्ड पनि रहेको छ, जुन जलकुण्ड भगवान शिवको आँसुले बनेको किम्वदन्ती रहेको छ । कथाअनुसार जब सतिदेवीको मृत्यु भयो, त्यसपछि भगवान शिवले दुःख पर्दा बगाएको आँसुले यो कुण्ड निर्माण भएको हो ।

अरुलमिहु शिवन मन्दिर, स्विट्जरल्याण्ड
यो मन्दिर स्विट्जरल्याण्डको ज्यूरिखमा अवस्थित छ । यो एक सुन्दर शिव मन्दिर हो । यस मन्दिरको बिच भागमा शिवलिंग अवस्थित छ, जसको पछाडि शिवको नटराजको रूपमा र देवी पार्वतीको शक्तिको रूपमा रहेका मूर्तिहरू छन् । शिवसँग सम्बन्धित सबै उत्सवहरू यस मन्दिरमा मनाइन्छन् ।

मुन्नेश्वर, श्रीलङ्का
श्रीलङ्कामा अवस्थित मुन्नेश्वर मन्दिर एक महत्वपूर्ण हिन्दू मन्दिर मानिन्छ । यस मन्दिरको इतिहास रामायणसँग जोडिएको विश्वास गरिन्छ । रामायणमा उल्लेख भएअनुसार भगवान् रामले रावणलाई वध गर्नुअघि यसै मन्दिरमा गएर शिवको आराधना गरेका थिए । यो मन्दिर वरिपरि पाँच मन्दिर रहेका छन् । ती हन् शिव, गणेश, ऐयानयाके, काली र बुद्धका मन्दिर । यीमध्ये सबैभन्दा सुन्दर मन्दिर शिवको रहेको छ ।

अरुलमिगु श्री राजाकलिअम्मान, मलेसिया
अरुलमिगु श्री राजकालिम्मन मन्दिर जोहोर बहरु, जोहोर, मलेसियामा अवस्थित एक हिन्दू मन्दिर हो । यस मन्दिरमा १० वटा सुनको मूर्तिहरू छन् । यी मूर्तिकलाहरूले जन्म, युवावस्था, वयस्कदेखि वृद्धावस्था र मृत्युसम्मको जीवन चक्र चित्रण गर्दछन् । यो मन्दिरको सबैभन्दा तलको भवनलाई ३ लाख मोतीका दानाले सजाइएको छ । यो मन्दिरलाई मलेसियाकै भव्य मन्दिर मानिन्छ ।

प्रस्तुतिः कृष्णप्रसाद वाग्ले



...
Terri

References: Newest payid pokies australia www.automingwei.com

...
Mel

References: Cherokee casino west siloam springs khamtaopattana.go.th

...
Numbers

References: Candy96 casino sign in adaptsmedia.info

...
Jasmin

References: Candy96 Casino blackjack https://findinall.com/profile/carlotaneagle2

...
Nan

References: Glorion Casino Erfahrungen toolbarqueries.google.com.gh

...
Andrew

References: Gorilla Casino Login https://code.a100-cn.com:8081/karissabarracl/-/packages

...
Dallas

References: %random_anchor_text% https://code.a100-cn.com

...
Cyrus

References: Bet Casino Bewertung http://dat.2chan.net

...
Cyrus

References: Pandido Casino Einzahlung https://s3.amazonaws.com/

...
Foster

References: Lollybet Mirror Link https://www.proplay.ru

...
Jamika

References: Lollybet Kundenservice http://grch37.ensembl.org/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested