English

नायक पुष्प खड्काको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नायक पुष्प खड्कालाई किताव पढ्न धेरै मनपर्छ । फुर्सदको समय पुस्तक पढेर बिताउन उनलाई रमाइलो लाग्छ । निषेधाज्ञाको समयमा पनि उनले थुप्रै पुस्तक पढीसकेका छन् । उनी विशेष गरी रोमान्टिक पुस्तकहरु पढ्न मन पराउँछन् । तपाई पनि निषेधाज्ञाको बेला फुर्सदमा के गरेर समय बिताउने भनेर चिन्तित हुनुहुन्छ भने पुस्तक पढेर पनि समय व्यतित गर्न सक्नुहुन्छ । नायक खड्काको नजरमा पढ्नै पर्ने ३ पुस्तक यस्ता छन् ।

समर लभ

मैले पढेको पुस्तकहरु मध्ये समर लभ मलाई एकदमै मन परेको पुस्तक हो । युवा पुस्ताहरुले धेरै मनपराएको पुस्तक पनि हो समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । यो किताव पढीरहँदा फिल्म हेरेको जस्तो महशुस हुन्छ । कथामा प्रस्तुत भएका पात्रहरु पनि असाध्यै प्रिय लाग्छन् ।

बाबु, आमा र छोरा

विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास हो, ‘बाबु, आमा र छोरा ।’ कोईरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावना एवम् मनोद्वेगहरूलाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ । विश्वेश्वर प्रसाद कोईरालाको लेखन शैली पनि मलाई अत्याधिक धेरै मनपर्छ ।

योगमाया

करिव १०० – १५० वर्ष अगाडी को कथा समेटेर लेखिएको योगमाया उपन्यासमा, एक महिला जो, त्यो समयको मूल्य मान्यता र बन्धनहरुको अगाडी उभिन पुगिन् र राणाहरुको चरम विभेदको विरुद्धमा अवाज उठाइन्, समाजलाई नयाँ बाटो देखाउने क्रममा देखिएका घटनाहरु र संसारिक अन्त्य को सम्मिश्रण रहेको छ योगमायामा । मैले पढेका पुस्तकहरु मध्ये मलाई यो पुस्तक पनि राम्रो लाग्छ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested