English

एकैदिन २६०७ मा संक्रमण, २१४१ जना निको



नेपालमा एकैदिन २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १ सय ४१ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । यो कुल संक्रमितको ८८.६ प्रतिशत हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ४ सय १३, भक्तपुरमा ३६ र ललितपुरमा २ सय ४२ जना रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घन्टामा थप ३९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमित मध्ये ५७ हजार ५ सय ३१ जना होम आइसोलेसन र ४ हजार १ सय ९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, ९ सय १६ जनाको आईसियू र २ सय ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested