English

पैदल हिँड्नुका फाईदाहरू



डा. हेमराज कोइराला ।

जापानका सर्वश्रेष्ठ जीवित पुरूष केन तनका आफ्नो दीर्घ जीवनको राज शरीरिक शक्रियतालाई मान्छन्। आफूलाई शरीरिक रूपले सक्रिय राख्नका लागि तनका दैनिक पैदल हिँड्ने गर्दछन्।

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिड्ने विधिलाई संसारका धेरै व्याक्तिहरूले अपनाएका छन्। वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने र्गदछ। शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणले समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउहरूमा हिड्नकै लागि धेरै थुप्रै पार्कहरू बनाईएका छन्।

यो व्यायाम गर्नका लागि धेरै सामाग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन। गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।

१. तौल कम गर्दछ।
२. फोक्सोको कार्यक्षमतालाई बढाउदछ।
३. प्रतिरक्षा प्रणाललिाई सशक्त बनाउदछ।
४. चाडै बुढो हुनबाट बचाउदछ।
५. क्यानसर रोकथाममा मद्यत गर्दछ।
६. मधुमेहलाई नियन्त्रण गर्दछ।
७. मुटुलाई स्वस्थ राख्न मद्यत गर्दछ।
८. खाना पचाउनमा सहयोग पु¥याउदछ।
९. रक्तचाप नियन्त्रण गर्न मद्यत गर्दछ।
१०. मानसिक ताजगी महसुस गराउदछ।
११.दीर्घ रोगहरूलाई जित्न मद्यत गर्दछ।
१२. मस्तिष्कघातको जोखिमलाई कम गराउदछ।
१३. तनाव कम गर्दछ।
१४. शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पु¥याउदछ।
१५. भेरीकोज भेन हुन दिदैन।
१६. विस्मृतिको समस्या चाडौ आउन दिदैन।
१७. खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्यत गर्दछ।
१८. राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ।
१९. जोर्नीहरूलाई जाम हुन दिदैन।
२०. उर्जावान बनाउदछ।
२१. दीर्घजीवी बनाउदछ।
२२. रचनात्मक बनाउदछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested