English

८८ प्रतिशत कोरोना संक्रमणमुक्त



पछिल्ला केही सातायता नेपालमा कोरोना संक्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो ।

आज चार हजार १८६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ५०६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested