English

कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ?



कोरोना महामारीको भयले जनजीवन त्रसित छ । सबैजसो अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । यस्तो अवस्थामा आफूलाई केही समस्या पर्दा अस्पताल जाने कि नजाने भन्ने अन्योल धेरैलाई हुनसक्छ ।

अहिलेको अवस्थामा कोरोना पोजेटिभ भएका तर, सामान्य लक्षण मात्र देखिएका बिरामीहरु दौडादौड गरेर अस्पताल जानु नपर्ने मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला बताउँछन् । ‘कोभिड लाग्यो भन्दैमा वा पोजेटिभ आयो भन्दैमा धेरै आत्तिन जरुरी छैन । ८० प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ भएका बिरामीहरु आफै निको भएका छन्,’ उनी भन्छन्, ‘केही प्रतीशतलाई सामान्य लक्षण देखा पर्छन् भने थेरै प्रतिशतलाई यसले गम्भीर रुप लिन सक्छ र अस्पतालमा उपचार गर्न जानुपर्ने हुन्छ ।’ यो कुरा पनि याद गर्न जरुरी हुन्छ कोभिड पोजेटिभ भएका सबैलाई अक्सिजन चाहिँदैन अथवा सबैलाई अस्पताल पनि लैजानु पर्ने हुँदैन ।

यहाँ कोरोना संक्रमित कस्तो अवस्थामा अस्पताल जाने ? संक्रमितले ध्यान दिनुपर्ने कुरा के–के हुन् भन्ने बारे डा. कोइरालाले दिएको सुझावलाई प्रस्तुत गरिएको छ :

कस्तो अवस्थामा अस्पताल जाने

— कोरोना पोजेटिभ भएको छ र ५ दिन भन्दा बढीसम्म १००.४ भन्दा बढी ज्वरो लगातार आइरहेको छ भने

— सिटामोल खाएर पनि ज्वरो घट्दैन भने

— सास फेर्न गाह्रो भएको छ भने

— अक्सिमिटरले ९४ भन्दा कम स्याचुरेसन देखाउँछ भने

— असाध्यै गाह्रो भयो र अरु हिसाबले पनि धेरै कमजोरी भयो भने अस्पताल जानुपर्छ ।

कोरोना संक्रमितले ध्यान दिनुपर्ने कुरा

— घरमै औषधि र अक्सिजन स्वास्थकर्मीको सल्लाहबिना लिनु उपयुक्त हुँदैन । साथै, पछि अक्सिजन चाहिएला भनेर आजैदेखि जोहो गर्ने बुद्धिमानीपूर्ण काम होइन ।

— आवश्यकता परेमा अस्पतालमै उपचार गर्न जानु बुद्धिमानी हुन्छ ।

— सामान्य बाहेक विभिन्न औषधिहरु पनि स्वस्थ्यकर्मीकै सल्लाहबाट लिनु उपयुक्त हुन्छ ।

— सावधानी अपनाउने ताकी कोभिड अरु परिवारका सदस्यहरुलाई नसरोस् ।

— यी माथीका चार पाँचवटा परिस्थितिमा स्वस्थ्यकर्मीलाई सम्पर्क गर्ने र अस्पताल गएर यसको उपचार गर्न सकिन्छ ।

— आत्मबल एकदमै बलियो बनाउने ।

— धेरै नआत्तिने र हतारमा अनावश्यक औषधी र अक्सिजनको जोहो गरेर थुपार्ने काम नगर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested