English

कोरोना संक्रमणमुक्त भएपछि पनि देखिन सक्छ यस्ता समस्या, कसरी बच्ने ?



कोरोनाको नयाँ स्वरूपले संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको छ ।

त्यसो त कोरोना संक्रमणमुक्त भएपछि पनि केही मानिसहरुमा समस्या देखिएको छ । कोरोनामुक्त भइसकेपछि कस्ता समस्या देखिएका छन् ? यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले दिएको सल्लाह यसप्रकार छ :

संक्रमणमुक्त भएपछि देखिन सक्ने समस्या

कोरोना संक्रमणमुक्त भएपछि धेरै मानिसहरु पुर्ण रुपमा निको हुन्छन् । तर केही व्यक्तिहरुमा लामो समयसम्म पनि विभिन्न प्रकारका समस्याहरु देखिन्छन् । ती समस्या यस्ता हुन्छन् ।

— लामो समयसम्म थकान महसुस हुने

— थोरै हिँड्दा पनि स्याँ–स्याँ हुने

— मुटुको धड्कन बढ्ने

— सास फेर्न गाह्रो महसुस हुने

— खोकी लागिरहने

— डर, त्रास र मानसिक तनावले सताउने

— आत्मबल कमजोर भएको महसुस हुने

— अक्सिजनको कमी हुने

जोगिने उपाय

— कोरोना संक्रमण भएको समयमा पत्ता लाग्योभने त्यसको उपचार पनि समयमा हुन्छ । जसले गर्दा बिरामीहरु
छिटो निको हुन्छन् । छिटै कोरोना पुष्टि भएका संक्रमितमा यस्तो समस्या नदेखिन पनि सक्छ ।

— संक्रमितले अनावष्यक रुपमा धेरै जनाको कुराहरु नसुन्ने

— सामाजिक संजालको प्रयोग धेरै मात्रामा नगर्ने र विश्वस्निय संचार माध्यमबाट दिनको एकपटक मात्र सामाचार पढ्ने सुन्ने गर्दा मानसिक तनाव कम हुन्छ ।

— संक्रमितले प्रसस्त मात्रामा झोलिलो कुराहरु सेवन गर्ने

— प्रसस्त मात्रामा पानी पिउने र हरियो सागपात, फलफुल, गेडागुडी तथा अन्य इम्युनिटि पावर पढाउने खाना खाने ।

— आइसोलेसनमा बस्दा हल्का व्यायामहरु गर्ने, घर वरपर वा कोठामै भएपनि हिँड्ने गर्दा पछि समस्या आउँदैन ।

— कोरोनामुक्त भइसकेपछि लामो समयसम्म पनि समस्या देखियो भने चिकित्सकको सल्लाह लिने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested