English

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको



नेपालमा एकैदिन थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ६ सय, भक्तपुरमा २ सय २९ र ललितपुरमा ४ सय ३ जना थपिएका छन् ।

आज थप १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ८ हजार ३८ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय १४ जना संस्थागत आइसोलेसनमा छन् ।

अहिले १ हजार ७ सय ४८ जन संक्रमित आईसियुमा उपचारत छन् । त्यसमध्ये ४ सय ९२ जना भेन्टिलेटरमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested