English

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको



नेपालमा एकैदिन थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ हजार ६ सय, भक्तपुरमा २ सय २९ र ललितपुरमा ४ सय ३ जना थपिएका छन् ।

आज थप १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ८ हजार ३८ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय १४ जना संस्थागत आइसोलेसनमा छन् ।

अहिले १ हजार ७ सय ४८ जन संक्रमित आईसियुमा उपचारत छन् । त्यसमध्ये ४ सय ९२ जना भेन्टिलेटरमा छन् ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested