English

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा दिपाश्री निरौला



चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिको सदस्यमा अभिनेत्री, निर्मात्री तथा निर्देशक दिपाश्री निरौला नियुक्त भएकी छिन् । चलचित्र विकास बोर्डको २०७७ चैत ३१ गतेको बैठकले उनलाई कल्याणकारी कोषको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यद्यपि आधिकारिक पत्र भने आजमात्र प्राप्त भएको निरौला बताउँछिन् । उनी सँगै चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का पनि कोषको सदस्यमा नियुक्त भएका छन् । उक्त कोषको अध्यक्ष अभिनेत्री बसुन्धरा भुसाल हुन् ।

भुसालले काम गर्ने क्षमता भएकी र मानवहितका लागि काम गर्न सक्ने भएकाले निरौलालाई सदस्यमा नियुक्त गर्न सिफारिस गरेको बताइन् ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

देशभरका अभिनयप्रेमी युवाहरूमाझ लोकप्रिय बन्दै गएको रियालिटी शो ‘एक्टिङ स्टार’ ले विजेता तथा उपविजेताहरुलाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको