English

नेपालमा भेटिए कोरोनाका थप २ प्रजाति, सबै उमेर समूह उच्च जोखिममा



नेपालमा कोरोना भाइरसको थप २ वटा नयाँ प्रजाति भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गतहप्ता संकलित संक्रमितको ३५ वटा नमूनालाई जिन सिक्वेन्सिग गर्दा ३४ नमुनामा नयाँ प्रजाति पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतस्थित इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको परीक्षणमा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 प्रजाति पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा यो परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ । यी भाइरसलाई डब्लुएचओले २०२१ मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ । साथै, नयाँ प्रजाति सबै उमेरसमूहमा धेरै संक्रामक र जोखिमपूूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

त्यसो त मन्त्रालयले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ