English

बन्दाबन्दीमा पनि रोकिएन सवारी दुर्घटना, तीव्र गति र मापसे कारक बन्दै



यतिबेला देश पूर्ण बन्दाबन्दीको अवस्थामा छ । सार्वजनिक सवारीसाधन तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तैपनि, सवारी दुर्घटना भने नरोकिएको प्रहरीको तथ्यांकले देखाउँछ ।

१६ गतेदेखि वैशाख ३० गतेसम्म काठमाडौैं उपत्यकामा १ सय ४२ सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । अत्यावश्यक बाहेकका निजी सवारी साधनलाई सञ्चालनमा कडाई गरिएता पनि सवारी दुर्घटना भने रोकिएको छैन । १६ गतेदेखि वैशाख ३० गतेसम्म काठमाडौैं उपत्यकामा १ सय ४२ सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यो अवधिमा ४ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाईते भएका छन् । त्यस्तै १ सय १० जना साधारण घाइते भएको महाशाखाले जनाएको छ ।

दुर्घटनामा परि ४ सय ७६ जना गम्भीर घाइते भएका छन् भने १ हजार ६ सय ९६ जना साधारण घाइते र १ हजार ६ सय १२ वटा सवारी दुर्घटना भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले बताए ।

देशभर २ सय ४२ जनाको मृत्यु

देशभरको तथ्यांक हेर्ने हो भने निषेधाज्ञामा सवारी दुर्घटनाको संख्या बढेको छ । देशभर वैशाख महिनामा मात्रै २ सय ४२ जनाको सवारी दुर्घटनाबाटै मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, दुर्घटनामा परि ४ सय ७६ जना गम्भीर घाइते भएका छन् भने १ हजार ६ सय ९६ जना साधारण घाइते र १ हजार ६ सय १२ वटा सवारी दुर्घटना भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले बताए ।

दुर्घटनामा संलग्न कतिपय चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको पनि पाइएको छ ।

बन्दाबन्दीमा के कारण भइरहेको छ दुर्घटना ?

निषेधाज्ञामा सवारी साधनको चाप छैन । जसले गर्दा तीव्र गतिमा सवारी चलाउँदा धेरै दुर्घटना भएको महानगरीय टाफिक प्रहरी महाशाखाका डिएसपी सुनिलजंग शाह बताउँछन् । ‘यतिबेला हाम्रो ध्यान निषेधाज्ञालाई कडाई गर्न तिर केन्द्रीत छ,’ उनले भने, ‘त्यसैले परिमाणका हिसाबले दुर्घटनाको दर त कम हो तर, चालकको लापरवाहीका कारण दुर्घटना भइरहेका छन् ।’

‘नेपालमा तीव्र गतिका कारण ९० प्रतिशत सवारी दुर्घटना हुन्छ,’ गजुरेलले भने, ‘त्यसैले अहिलेको भइरहेको दुर्घटनाको मूख्य कारण तीव्र गति नै हो ।’ साथै, नेपालको सडक संरचना पनि असुरक्षित रहेको उनले प्रष्ट पारे ।

दुर्घटनामा संलग्न कतिपय चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको पनि पाइएको छ । ‘अत्यावश्यक कामका लागि भनेर निस्कने केही चालकहरुले मादक पदार्थ सेवन गरेको पनि पाइएको छ,’ उनले भने, ‘मापसे गर्नेहरुले तीव्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटना निम्तिएको छ ।’

सडक विज्ञ आशिष गजुरेल पनि यतिबेला तीव्र गतिका कारण सवारी दुर्घटना भइरहेको स्विकार्छन् । ‘नेपालमा तीव्र गतिका कारण ९० प्रतिशत सवारी दुर्घटना हुन्छ,’ गजुरेलले भने, ‘त्यसैले अहिलेको भइरहेको दुर्घटनाको मूख्य कारण तीव्र गति नै हो ।’ साथै, नेपालको सडक संरचना पनि असुरक्षित रहेको उनले प्रष्ट पारे ।

कुन प्रदेशमा कति भए सवारी दुर्घटना ?

प्रदेश १

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश भर वैशाख महिनामा ३ सय ३५ सवारी दुर्घटना भएको छ । दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ भने ८५ जना गम्भीर घाइते भएका छन् । यसैगरी, ४ सय ८२ जना साधारण घाइते भएको कार्यालयले जनाएको छ ।

प्रदेश २

प्रदेश नम्बर २ मा ४९ जनाको सवारी दुर्घटनाबाट ज्यान गएको छ । ३ सय ३६ वटा सवारी दुर्घटनामा १ सय ६६ जना गम्भीर घाइते भएका छन् भने ३ सय ३८ जना साधारण घाइते भएको तथ्यांकमा उल्लेख छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा वैशाख महिनामा १ सय ३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ भने ४६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि १ सय ८५ जना साधारण घाईते भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख महिनामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ रहेको छ । जसमध्ये १५ पुरुष र ६ महिला रहेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वैशाख महिनामा प्रदेशमा सवारी दुर्घटनामा संलग्न साधनहरुको संख्या ३९, गम्भीर घाइतेको संख्या ३४, साधारण घाइते ३३ र दुर्घटनाको संख्या पनि ३३ नै रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा ९५ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ५६ जनाको ज्यान गएको छ । त्यस्तै, प्रदेशमा ९० जना गम्भीर घाईते भएका छन् भने १ सय जना साधारण घाइते भएका ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, ८ जना गम्भीर घाइते र १६ जना साधारण घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञाको अवधिमा सवारी दुर्घटनाबाट १९ जनाले ज्यान गुमाएका छन् । प्रदेशभर यो अवधिमा ३० वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै दुर्घटनामा परी २७ जना गम्भीर र ३६ जना साधारण घाइते भएको प्रहरीले जनाएको छ ।



...
sell my house fast

Excellent article! We will be linking to this great article on our website. Keep up the great writing.

...
Archie

This is the perfect blog for anybody who really wants to find out about this topic. You understand so much its almost tough to argue with you (not that I really will need to…HaHa). You definitely put a new spin on a topic which has been written about for a long time. Great stuff, just excellent! Feel free to surf to my homepage: web page

...
Jesse

I dugg some of you post as I thought they were very useful extremely helpful.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested