English

काठमाडौं महानगरमा परीक्षण गरिएका मध्ये ७० प्रतिशतमा संक्रमण



काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाब संकलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको महानगरले हरेक दिन संक्रमितको संख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ । कामपाका ल्याब टेक्निसियन राधिका कुईंकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, उनले भनिन् ।

कामपाले सबैको निःशुल्क कोरोना परीक्षण गर्दै आएको छ । परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्था मिलाएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन ।

कामपाको २३ वडा मध्ये सात स्थानबाट नागरिकले यो सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा महानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गर्नुपर्ने छ ।

महानगरका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय महानगरमा संक्रमणको दर अत्याधिक बढेको छ, यसरी नै संक्रमित बढ्ने हो भने अवस्था जटिल हुन सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।

‘गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए तर अहिले त्यो अवस्था छैन । विभिन्न बहानामा नागरिक घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिमका साथै नियन्त्रणका लागि महानगरले कठोर कदम चाल्नुपर्ने आवश्यता पनि देखिएको छ,’ उनले भने ।

महानगरभित्र १० हजार बढी सक्रिय संक्रमित

हालसम्म महानगरमा ५१ हजार ४ सय १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १० हजार ८ सय १ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७ सय ५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २ सय ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २ सय ३६ जना यस कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणकै कारण ३ सय ४५ जनाले ज्यान गुमाएका छन् ।

महानगरमा रहेका संक्रमित मध्ये १० हजार १ सय ८१ जना होम आइसोलेसनमा छन् भने १ सय १४ जना संस्थागत आइसोलेसनमा र ५ सय ६ जनाले अस्पतालमा उपचार गराइरहेका छन् ।

१२ अस्पतालसँग सम्झौता

कोभिड–१९ को संक्रमण विरुद्ध लड्का लागि महानगरले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालहरुले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिने १२ अस्पतालसँग सम्झौता गरिसकेको छ ।

महानगरले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् ।

यसअघि महानगरले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरिसकेको महानगर प्रमुख विद्यासुन्दर शाक्य बताउँछ्न् । .

‘सानासाना युनिटमा आइसोलेसन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ । यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन् । यहाँ कसैलाई जटिल समस्या भयो भने लानु पर्ने अस्पताल नै हो’ शाक्यले भने, ‘त्यसैले हामीले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक र सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिएका छौं ।’



...
Tampa St: Peterburg

After looking at a handful of the blog articles on your site, I truly like your way of writing a blog. I bookmarked it to my bookmark webpage list and will be checking back soon. Take a look at my website too and tell me what you think.

...
Deidre

Very interesting info!Perfect just what I was searching for!. Here is my web site :: Greta.M

...
Tyler

hello there and thank you for your info – I have definitely picked up something new from right here. I did however expertise several technical issues using this web site, as I experienced to reload the website a lot of times previous to I could get it to load properly. I had been wondering if your hosting is OK? Not that I'm complaining, but slow loading instances times will sometimes affect your placement in google and could damage your quality score if advertising and marketing with Adwords. Well I’m adding this RSS to my e-mail and could look out for much more of your respective interesting content. Ensure that you update this again soon.. Najlepsze escape roomy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested