English

एकैदिन ६ हजार ६ सय ४८ जनाले जिते कोरोना



नेपालमा एकैदिन ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मुक्त हुने दर ७४ दशमलव ६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । जसमध्ये, ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसन र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा छन् ।

आज काठमाडौं उपत्यकामा २ हजार ६ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये, काठमाडौंमा १ हजार ८ सय ८१ जना, भक्तपुरमा २ सय ९२ जना, ललितपुरमा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल १ हजार ३ सय १३ जना आइसीयुमा उपचाररत छन् । जसमध्ये ३ सय ८० जनाको भेन्टिलेटरमा उपचाररत भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ४५ जना संक्रमितले ज्यान गुमाएका छन् ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested