English

काठमाडौंमा ‘भेरोसेल’को दोस्रो मात्रा आजबाट लगाउन सुरु, कसको पालो कहिले ?



सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउन सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको हो ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राको खोपका लागि आइतबारदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरी नगरपालिकामा ३ खोप केन्द्र, कीर्तिपुर, बुढानिलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका २-२ खोप केन्द्र, कागेश्वरी मनोहरा, तारकेश्वर शंखरापुर र दक्षिणकालीमा १-१ वटा खोप केन्द्र रहेका छन् ।

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।


खोप केन्द्रसम्म जानका लागि पहिलो डोजको खोप लगाएको कार्ड देखाएमा प्रहरी वा ट्राफिक प्रहरीले सवारीसाधन नरोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘अहिले निषेधाज्ञा भएकाले निजी तथा सार्वजनिक यातायात बन्द छन् त्यसैले खोप केन्द्रसम्म जानका लागि निजी सवारीसाधनलाई पासको आवश्यकता पर्दैन,’ उनले भने, ‘खोप कार्ड देखाए हुन्छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested