English

दोहोरी साँझका कलाकार भन्छन्, ‘आर्थिक संकट पर्न थाल्यो’



कोरोनाले हरेक क्षेत्रमा प्रभाव पारिरहेको बेला दोहोरी साँझ पनि यसबाट अछुतो छैन । अझै, यसैबाट जीविकोपार्जन गर्नेहरुको अवस्था बेहाल छ ।

बचत गरेको पैसा भएसम्म त खाइन्छ, त्यो पनि सकिएपछि त के खाने,’ शर्मिला भन्छिन्, ‘यो क्षेत्रमा लाग्दाका सुरुवाती दिनमा यस्तै समस्या थियो तर पछिल्लो समय राम्रो हुँदै थियो कोरोनाले पुरानै अवस्थामा पुर्याइदियो ।

बागलुङकी शर्मिला कँडेलले दोहोरी साँझमा गीत गाउन थालेको ११ वर्ष बित्यो । तर, विगत २ वर्षयता जतिको संकट कुनैबेला भोग्नु नपरेको उनी सुनाउँछिन् । ‘बचत गरेको पैसा भएसम्म त खाइन्छ, त्यो पनि सकिएपछि त के खाने,’ शर्मिला भन्छिन्, ‘यो क्षेत्रमा लाग्दाका सुरुवाती दिनमा यस्तै समस्या थियो तर पछिल्लो समय राम्रो हुँदै थियो कोरोनाले पुरानै अवस्थामा पुर्याइदियो ।’

दोहोरी साँझमा काम गर्दा सुरुवाती दिनमा उनले काम गरेको पारिश्रमिक नपाएर दुःख पाउँथिन् तर, अहिले कामै नभएर । त्यसो त उनी भन्छिन्, ‘बेलुका कमाएर दिउँसो खाने हामीजस्ता कलाकारलाई अहिले तनाव छ । आर्थिक संकट सुरु भइसक्यो ।’

गायिका निता पुन लोकदोहोरी क्षेत्रमा लागेको १५ वर्ष भयो । उनी पनि लामो समयदेखि गामबेशी दोहोरी साँझमै आवद्ध छिन् । सरकारले रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेपछि उनी तनावमा छिन् ।

‘हरेक क्षेत्र अहिले प्रभावित भएको बेला हामीलाई मात्र समस्या परेको छ त भन्न मिल्दैन तर दोहोरी साँझ तथा स्टुडियोहरु सबै बन्द भएको कारण समस्या परेको छ,’ श्रेष्ठ भन्छन् ‘कलाकारहरुको बाच्ने आधार भनेकै दोहोरी साँझ, महोत्सव, स्टेज कार्यक्रमबाट हो, यी सबै ठप्प छन् । त्यसैले जीवनधान्न र घरपरिवार पाल्न गाह्रो हुने अवस्था सिर्जना हुन थालेको छ ।’

गायिका निता पुन लोकदोहोरी क्षेत्रमा लागेको १५ वर्ष भयो । उनी पनि लामो समयदेखि गामबेशी दोहोरी साँझमै आवद्ध छिन् । सरकारले रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेपछि उनी तनावमा छिन् ।

‘गत वर्ष पनि लामो समय काम ठप्प थियो,’ उनले भनिन्, ‘सानो व्यवसायबाट जीवन चलेको थियो तर यो पटक पनि लकडाउनको समय बढ्यो भने त कलाकारहरुले राहत मागेर खानुपर्ने अवस्था आउँछ ।’

लोकदोहोरी क्षेत्रमै लामो समय बिताइसकेकी पुनका लागि अहिलेको जस्तो समस्या अरु बेला परेको थिएन । ‘लामो समयदेखि यो क्षेत्रमा छु तर, अहिलेको जस्तो समस्या झेल्नु परेको थिएन,’ उनी भन्छिन्, ‘अहिले लकडाउनका कारण आर्थिक सङ्कट पर्ने स्थिति आएको छ ।’

लोकगायक दिनेश थापा लोकदोहोरी क्षेत्रमा लागेको १६ वर्ष भयो । उनी २ वर्षयता दोहोरी साँझमा काम गर्दै आएका छन् । यो अवधिमा दोहोरी साँझ उनको राम्रो आम्दानीको स्रोत थियो । त्यसले जीवन धान्न सहज बनाएको थियो ।

उनी पनि यो महामारीले दोहोरी साँझ बन्द भएपछि अन्य आय स्रोत नभएका कलाकारहरुलाई समस्या परेको बताउँछन् । ‘कलाकारिता क्षेत्रलाई नै आफ्नो पेसा बनाएकाहरुलाई अहिले आर्थिक अभाव भएको छ,’ उनले भने, ‘ हाम्रो पेसा नै भीडभाडमा चल्ने भएकाले अहिले समस्यामा छौं ।’

सरकारले कलाकारलाई देशका गहना त भन्ने तर उनीहरुलाई नै अप्ठेरोमा पर्दा कुनै चासो नदिएको उनको गुनासो छ । त्यसैले कलाकारिता क्षेत्रमा लागेकाहरुले नै अर्को विकल्प सोच्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

लोकदोहोरी क्षेत्रका थुप्रै गायक गायिकाहरु दोहोरी साँझमा आवद्ध छन् । बन्दाबन्दीका कारण अधिकांशको अवस्था यस्तै छ ।

दोहोरी साँझबाट जीवन धान्दै आएका गायक कपिल मगर गत वर्षको लकडाउनमा गाउँमा भएकाले उनलाई खासै आर्थिक संकट परेन । तर, यसपाली भने उनी काठमाडौंमै छन् । त्यसैले आर्थिक संकट पर्न थालिसकेको उनी बताउँछन् ।

‘अघिल्लो लकडाउनमा गाउँमा भएकाले आर्थिक अभाव महसुस भएन,’ उनले भने, ‘यसपटक गाउँ जान पाइएन अहिलेसम्म त जिनतिन चलेको छ तर लकडाउन अझै लम्बियो भने भाडा तिर्न र खाना खर्च नै समस्या हुने स्थिति आउँछ ।’

माथि प्रस्तुत गरिएका पात्रहरु प्रतिनिधि मात्र हुन् । लोकदोहोरी क्षेत्रका थुप्रै गायक गायिकाहरु दोहोरी साँझमा आवद्ध छन् । बन्दाबन्दीका कारण अधिकांशको अवस्था यस्तै छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा

वासु आचार्य, मनोविश्लेषक । केही दिन अघि मात्र बेबी बम्पको फोटो सार्वजनिक गरेपछि चर्चामा छिन् नायिका प्रियंका कार्की । यसअघि

कुनै पनि देशमा राजदूत पदलाई विशिष्ट मानिन्छ । चाहे संसारको सबैभन्दा सानो राष्ट्र मानिएको रोम शहरभित्रै रहेको भ्याटिकन (०.९७ वर्ग

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई