English

नेपाली मास्क युरोपदेखि अमेरिकासम्म (फोटो फिचर/भिडियो)



गरे के हुन्न र ? हातेमालो वुमन्स ग्रुपले उत्पादन गरेका मास्कले एक वर्षमै विश्व बजार पाएको छ । गत वर्ष लकडाउनबाट तारकेश्वर–९ का ११ जना सिर्जनशील महिलाहरु मिलेर उत्पादन सुरु गरेको मास्क यतिबेला अमेरिका, अष्ट्रेलिया स्पेन लगायतका देशमा विक्री हुन्छन् ।

नेपालमा लकडाउनसँगै आम्दानीका स्रोतहरु ठप्प भए । थुप्रै बेरोजगार बने । आर्थिक संकटकै कारण कतिले आत्महत्या गरे । यही अवस्था नजिकका दिदीबहिनीमा नआओस् र केही न केही काममा व्यस्त हुन सकियोस् भन्ने उद्धेश्यले ग्रुपको स्थापना गरिएको अध्यक्ष राधा सापकोटा बताउँछिन् ।

अभाव टार्न समूहका दिदीबहिनीका लागि आफैं मास्क बनाउने निधो गरे । उनीहरुले लगाएको देखेपछि अरुले पनि मास्कको अर्डर गर्न थाले ।

उनीहरुको उद्धेश्य सानो थियो । तर, त्यही उद्धेश्य र सीपले आज विश्वबजार पाएको छ । नेपालमा कोरोना भित्रिएसँगै मास्कको चरम अभाव हुन थाल्यो । समूहमा फेसन डिजाइनरदेखि सिलाइबुनाई गर्न सक्ने सिपालू महिलाहरु आबद्ध छन् । त्यसैले अभाव टार्न समूहका दिदीबहिनीका लागि आफैं मास्क बनाउने निधो गरे । उनीहरुले लगाएको देखेपछि अरुले पनि मास्कको अर्डर गर्न थाले ।

यसरी नै मास्कले व्यावसायिक रुप लिँदै गएको राधा बताउँछिन् । ‘सुरुमा त आफैंलाई लगाउन मास्क सिलायौं,’ उनी भन्छिन्, ‘हामीले लगाएको देखेपछि ग्रुपभन्दा बाहिरका महिलाहरुले पनि अर्डर गर्न थाल्नुभयो । यो सँगै मास्कले व्यवसायिक रुप लियो ।’

एकैजनाले १ हजार वटासम्म मास्क उत्पादन गर्न भ्याए । केहीसमयमै उनीहरुले बनाएको मास्क प्रभावकारी रहेको भन्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र युनिसेफ नेपालले अर्डर गर्यो । यसरी नै मास्कले विश्व बजारसम्मको छलाङ मार्न सफल भयो ।

छोटो समयमै राम्रो प्रतिक्रिया पाएपछि उनीहरुले केही थान मास्क बनाएर बजारमा लगे । बजारमा हारालुछ भयो । यहीक्रममा कान्तिपुर टेलिभिजन, साहसी नेपाल लगायतका संस्थाले मास्क अर्डर गरे ।

यो सँगै उनीहरुमा अवसर र दबाव दुवै थपियो । दिनरात नभनी मास्क उत्पादनमा केन्द्रीत भए । यतिसम्मकी दिनमा एकैजनाले १ हजार वटासम्म मास्क उत्पादन गर्न भ्याए । केहीसमयमै उनीहरुले बनाएको मास्क प्रभावकारी रहेको भन्दै संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र युनिसेफ नेपालले अर्डर गर्यो । यसपछि मास्कले विश्व बजारसम्मको छलाङ मार्न सफल भयो ।

यतिमात्र कहाँ होर, उनीहरुले मिस नेपाल २०२० को कार्यक्रमका लागि मास्क बनाउने जिम्मा पाए । ‘मिस नेपालको मुखमा हामीले उत्पादन गरेको मास्क पुग्छ भन्ने सोचेकै थिएनौं,’ उनले भनिन्, ‘यस्ता अवसरले हामीलाई थप जिम्मेवार बनाएको छ ।’

यो ग्रुपले उत्पादन गरेको प्रति मास्क ३५ देखि ७ सय रुपैयाँसम्म पर्छ । कपडाको गुणस्तर अनुसार मास्कको मूल्य निर्धारण हुने राधा बताउँछिन् । ‘कपडा अनुसार मूल्यमा फरक पर्छ,’ उनले भनिन्, ‘दुईवटा फिल्टर राखेर साधारण कपडाको मास्कलाई ३५ रुपैयाँ लिन्छौं यसभन्दा माथि डिजाइन र कपडामा भर पर्छ । अहिलेसम्म ७ सय रुपैयाँसम्मको मास्क बेचेका छौं ।’

नेपाली कपडामा जोड, मास्कमा डब फिल्टर

उनीहरुले अहिले प्राय नेपाली कपडामा जोड दिएर मास्क बनाइरहेका छन् । विशेषगरी ढाका, हाकुपटासी लगायतका कपडालाई विश्वसामू प्रवद्र्धन गर्ने उनीहरुको उद्धेश्य छ । जसमा कटन, लेनिन लगायतका कपडा पनि प्रयोग हुन्छन् ।

मास्कको गुणस्तरियतालाई पनि उनीहरुले उत्तिकै ख्याल गरेका छन् । मास्कमा दुईवटा फिल्टर राखिएका छन् । त्यसलाई कपडाको लेयरले छोपिएको छ । त्यसो त उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया आएको राधा सुनाउँछिन् ।

७ सय रुपैयाँसम्मका मास्क

यो ग्रुपले उत्पादन गरेको प्रति मास्क ३५ देखि ७ सय रुपैयाँसम्म पर्छ । कपडाको गुणस्तर अनुसार मास्कको मूल्य निर्धारण हुने राधा बताउँछिन् । ‘कपडा अनुसार मूल्यमा फरक पर्छ,’ उनले भनिन्, ‘दुईवटा फिल्टर राखेर साधारण कपडाको मास्कलाई ३५ रुपैयाँ लिन्छौं यसभन्दा माथि डिजाइन र कपडामा भर पर्छ । अहिलेसम्म ७ सय रुपैयाँसम्मको मास्क बेचेका छौं ।’

पहिलो लकडाउनले संगठित बनाएको यि महिलाहरुलाई कोरोनाको दोस्रो लहरले फेरि भ्याइनभ्याई बनाएको छ । बजारमा मास्कको अभाव हुन थालेपछि उनीहरुलाई देश तथा विदेशबाट मास्कको अर्डर आउन थालेको छ । त्यसैले अहिलेको बन्दाबन्दीमा पनि उनीहरु मास्क उत्पादनमा निरन्तर खटिएका छन् ।

हातेमालो वुमन्स ग्रुपकी संस्थापक अध्यक्ष राधा सापकाेटा

भिडियो हेर्न तलको लिंकमा जानुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested