सन्दर्भ : विश्व नर्स दिवस
फ्रन्टलाइनर नर्स : संक्रमितका सारथी
नेपालमा कोरोना संक्रमणको फैलावट तीव्र गतिमा बढीरहेको छ । विश्वका शक्तिशाली मुलुकले समेत नियन्त्रणमा लिन मुस्किल परिरहेको यो महामारीलाई ‘जैविक युद्ध’ को संज्ञा दिन थालिएको छ । यो युद्धको अग्रमोर्चामा रहेर डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी खटिरहेका छन् । कोरोना संक्रमितको जीवन रक्षा गर्दा गर्दै थुप्रै चिकित्सक तथा नर्स संक्रमित भएका छन् भने केहीले ज्यान गुमाए ।
तैपनि, फ्रन्टलाइनमा रहेर अहोरात्र संक्रमितको उपचारमा खटिरहेका छन् । आज ‘विश्व नर्स दिवस’ । यही दिनको छेको पारेर नेपालका विभिन्न अस्पतालको फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार तथा हेरचाहमा खटिएका नर्सहरुको चर्चा गरिएको छ ।
मुस्कान कुँवर, नारायणी अस्पताल
यतिबेला नारायणी अस्पतालमा पनि कोरोनाका बिरामीले खचाखच छन् । तर, निर्धक्क संक्रमितको उपचारमा खटिएकी छिन् । ‘देशले महामारी खेपेको बेला अग्रपङ्तीमा बसेर सेवा गर्न पाउनु गर्वको कुरा हो,’ उनी भन्छिन् ।
विरगञ्जकी मुस्कान कुँवर २०७६ पौषयता नारायणी अस्पतालमा कार्यरत छिन् । काम सुरु गर्नु र कोरोना आउनु एकैपटक भयो । त्यसो त सुरु–सुरुमा निकै आत्तिएकी थिइन् । तैपनि, बिरामीलाई आफ्नै परिवारका सदस्य ठानेर उपचार तथा हेरचाहमा होमिइन् । ‘सुरुमा त कोरोना संक्रमित भन्ने सुन्दा नै डर लाग्थ्योे,’ उनी भन्छिन्, ‘जब अस्पतालमा संक्रमित आउन थाले, उनीहरुलाई आफ्नै परिवार र आफन्त ठानेर उपचार तथा हेरचाहमा होमिएँ ।’
यतिबेला नारायणी अस्पतालमा पनि कोरोनाका बिरामीले खचाखच छन् । तर, निर्धक्क संक्रमितको उपचारमा खटिएकी छिन् । ‘देशले महामारी खेपेको बेला अग्रपङ्तीमा बसेर सेवा गर्न पाउनु गर्वको कुरा हो,’ उनी भन्छिन् ।
विरगञ्जकै अल्पाइन सेकन्डरी इङ्लिस बोर्डिङ स्कुलबाट २०७० सालमा एसएलसी उत्तिर्ण गरेकी कुँवरले चितवनको बोस्टन एकेडेमी फर मेडिकल साइन्सेसबाट स्टाफ नर्स अध्ययन पुरा गरेकी हुन् । स्टाफ नर्स अध्ययन पुरा गरेर एक वर्ष विरगञ्जकै बयोदा अस्पतालमा काम गरेकी उनी बिएन गर्ने तयारीमा छिन् ।
सिर्जना बज्राचार्य, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
भैरहवामा जन्मिएकी सिर्जना बज्राचार्य विगत १० वर्षयता नर्सिङ पेसामा आबद्ध छिन् । २०६२ सालमा भैरहवास्थित आदर्श विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेकी उनले वीर हस्पिटल नर्सिङ क्याम्पसबाट स्टाफ नर्सिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बिएन पूरा गरेकी हुन् ।
‘सुरुमा त कोरोना भाइरस भनेको के हो भन्ने पनि राम्रोसँग थाहा थिएन,’ ३२ वर्षीया सिर्जना भन्छिन्, ‘तर अहिले त्यसको बारेमा बुझिसकेका छौं । साथै अस्पतालमा पनि राम्रो व्यवस्थापन भइसकेको छ ।’
२०६७ सालमा लोकसेवामा नाम निकालेपछि उनले करिब ३ वर्ष महोत्तरीस्थित लोहरपट्टि प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरिन् । त्यसपछि उनले तीन वर्ष बिएन अध्ययन गरिन् । विगत ४ वर्षयता उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छिन् ।
यतिबेला कोभिड—१९ संक्रमितको उपचारमा संलग्न भइरहँदा उनले सुरुवाती अवस्था र अहिलेमा निकैै सहज महसुस गर्न थालेकी छिन् । ‘सुरुमा त कोरोना भाइरस भनेको के हो भन्ने पनि राम्रोसँग थाहा थिएन,’ ३२ वर्षीया सिर्जना भन्छिन्, ‘तर अहिले त्यसको बारेमा बुझिसकेका छौं । साथै अस्पतालमा पनि राम्रो व्यवस्थापन भइसकेको छ ।’ तर, अहिले अस्पताल पुरै गम्भीर बिरामीले भरिन थालेका छन् ।
ती दृश्यले साह्रै भाबुक बनाउने गरेको उनी बताउँछिन् । ‘पहिलाभन्दा त डर निकै हराइसकेको छ,’ उनी भन्छिन्, ‘अहिले अस्पतालका सबै बेडमा कोरोनाका गम्भीर बिरामीमात्र हुनुहुन्छ त्यसैले रिस्क बढेको छ ।’
अमृता विःक, भक्तपुर अस्पताल
‘अस्पतालमा बेड र अक्सिजन नपाएर आँखै अगाडि संक्रमित छटपटाएको देख्दा मन अमिलो हुन्छ,’ भक्तपुर अस्पतालमा कार्यरत नर्स अमृता विःक आफ्नो भोगाई सुनाउँछिन् ।
कोही बेड नपाएर, कोही अक्सिजन नपाएर, कोही भेन्टिलेटर र आईसियु नपाएर छटपटिँदै प्राण त्याग्छन् । यो दृश्यले उनलाई ऐठन हुन्छ ।
डेढ वर्ष यता उक्त अस्पतालमा काम गर्दै आएकी विःकलाई अहिले कोरोनासँग डर लाग्न छोडिसकेको छ । तर, परिवारसँगै बस्ने हुनाले कतै परिवारमा त कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ताले उनलाई सताउँछ । ‘मलाई संक्रमण होला भन्ने डर त लाग्दैन तर परिवारका सदस्यलाई संक्रमण हुने हो कि भन्ने चिन्ता लाग्छ’, उनी भन्छिन् ।
कोरोना संक्रमणबाट मर्नेको संख्या दिन प्रतिदिन ह्वात्तै बढेको छ । कोही बेड नपाएर, कोही अक्सिजन नपाएर, कोही भेन्टिलेटर र आईसियु नपाएर छटपटिँदै प्राण त्याग्छन् । यो दृश्यले उनलाई ऐठन हुन्छ । ‘कुनैपनि अभावमा संक्रमितको मृत्यु भएको देख्न नपरेहुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘तर, के गर्नु कर्म हो खटिनैपर्छ ।’
संक्रमितको मृत्यु भइसकेपछि आफन्तहरुको चिच्याहटले उनी झनै विरक्तिन्छिन् । ‘मृतकका आफन्तको रोदन देख्दा अस्पतालको वातावरण नै कहालीलाग्दो हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो बेला कतिबेला ड्युटी सकिएला जस्तो लाग्छ ।’
सरीता त्वानाबसु, भक्तपुर अस्पताल
आँटिली नर्स जो आफैं मुटुको बिरामी छन् । सानैदेखि मुटुरोग सम्बन्धि औषधि खाँदै आएकी छन् । नेपालमा फाट्टफुट्ट कोरोना संक्रमित देखिन थालेपछि मुटुरोगीलाई छिटो आक्रमण गर्छ भन्ने समाचार आउन थाल्यो । जसले उनलाई निकै तनाव गरायो ।
भक्तपुर अस्पतालमै कार्यरत नर्स सरीता त्वानाबसुले काम गर्न थालेको १४ वर्ष बित्यो । अहिले उनी कोरोना संक्रमितको उपचारमा अग्रमोर्चामा खटिरहेकी छिन् । सुरु–सुरुका दिनमा उनलाई कोरोना संक्रमितको नजिक जान निकै डर लाग्थ्यो । यद्यपि अहिले सामान्य लाग्न थालिसकेको छ । उनलाई पनि अमृताको जस्तै चिन्ता छ । उनीसहित घरमा १० जना सदस्य छन् । त्यसैले उनलाई परिवारमा कोरोना लाग्ला कि भन्ने चिन्ताले सताउँछ ।
यी आँटिली नर्स जो आफैं मुटुको बिरामी छन् । सानैदेखि मुटुरोग सम्बन्धि औषधि खाँदै आएकी छन् । नेपालमा फाट्टफुट्ट कोरोना संक्रमित देखिन थालेपछि मुटुरोगीलाई छिटो आक्रमण गर्छ भन्ने समाचार आउन थाल्यो । जसले उनलाई निकै तनाव गरायो । यद्यपि, उनी निरन्तर कोरोना संक्रमितको हेरचाहमा खटिरहिन् । ‘सुरुका दिनमा संक्रमणको डरले निद्रा लागने,’ उनले भनिन्, ‘अहिले डर लाग्न छोडेको छ ।’
तैपनि बिरामीसँगै रातदिन बिताउँदा कतै संक्रमण पो भयो कि भन्ने लाग्छ । तर, अहिलेसम्म उनलाई संक्रमण भने भएको छैन । संक्रमितको पत्यक्ष सम्पर्कमा रहँदा पनि उनले अपनाएको सावधानीले अहिलेसम्म संक्रमणबाट जोगिएकी छिन् । त्यसैले भन्छिन्, ‘हामी संक्रमितसँग प्रत्यक्ष हुने तर स्वास्थ्य मापदण्ड पालना गरेर जोगिएका छौं,’ उनले भन्छिन्, ‘यदि आममानिसले मापदण्ड अपनाउने हो भने पक्कै पनि यो महामारीलाई नियन्त्रणमा लिन सकिन्छ ।’
प्रमिला बोगटी, कोरोना अस्थायी अस्पताल, कैलाली
दिनरात नभनी संक्रमितको उपचार र हेरचाहमा खटिएकी छिन् । सुरुसुरुमा निकै डराएकी प्रमिला अहिले उनमा डर हराएको छ । तर, संक्रमित बढे जागिर बढ्ने र घटे जागिर छोड्नुपर्ने चिन्ताले भने गाँजेको छ ।
कैलालीको टिकापुरस्थित कोरोना अस्थायी अस्पतालमा कार्यरत नर्स हुन्– प्रमिला बोगटी । उनले पहिलो लहरमा पनि यस अस्पतालमा तीन महिना संक्रमितको उपचारमा खटिइन् । जब संक्रमितको संख्या घट्दै गयो त्यसपछि उनलाई बिदा दिइयो । अहिले दोस्रो लहरका कारण संक्रमित थपिन थालेपछि अस्पतालले पुनः तीन महिना करारका लागि बोलाएको छ । अस्पतालले चाहिँदा बोलाउने र नचाहिँदा बिदा गर्दा नरमाइलो महशुस हुने उनी बताउँछिन् ।
जे होस् उनी दिनरात नभनी संक्रमितको उपचार र हेरचाहमा खटिएकी छिन् । सुरुसुरुमा निकै डराएकी प्रमिला अहिले उनमा डर हराएको छ । तर, संक्रमित बढे जागिर बढ्ने र घटे जागिर छोड्नुपर्ने चिन्ताले भने गाँजेको छ ।
एलिना विःक, भेरी अस्पताल
एलिना विःक नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत छिन् । उनी कोरोनाको सुरुवाती समयदेखि नै यस अस्पतालका संक्रमितको स्याहारसुसारमा खटिएकी छिन् । संक्रमितकै उपचारमा खटिँदा उनी २ पटक संक्रमित भइसकिन् । ‘दुईपटक संक्रमित भएँ,’ एलिना भन्छिन्, ‘तर, एक हप्तामै कोरोना जितेँ ।’
अस्पताल भरिभराउ हुन थालेको छ । कुनै संक्रमित गम्भीर अवस्थामा छटपटाउँदै इमर्जेन्सीमा आएको छ भने उनी पीपीई नै नलगाई बिरामीको उपचारमा खटिन्छिन् ।
एलिनालाई पनि सुरुवाती दिनमा कोरोना संक्रमितको छेउछाउ जान डर लाग्थ्यो । ‘पीपीई लगाउँदा पनि कतै संक्रमित भइन्छ कि भन्ने डर लाग्थ्यो,’ उनले भनिन् , ‘अब त कोरोना संक्रमित पनि सामान्य बिरामी जस्तै लाग्न थालिसक्यो ।’
अहिले अस्पताल भरिभराउ हुन थालेको छ । कुनै संक्रमित गम्भीर अवस्थामा छटपटाउँदै इमर्जेन्सीमा आएको छ भने उनी पीपीई नै नलगाई बिरामीको उपचारमा खटिन्छिन् । त्यसैले भन्छिन्, ‘आत्मबल द¥हो बनाउँदा जुनसुकै महामारी पनि जितिन्छ ।’
माथि प्रस्तुत गरिएका नर्सहरु प्रतिनिधिमात्र हुन् । नेपालमा थुप्रै नर्सहरु कोरोना संक्रमितको उपचार तथा हेरचाहमा अहोरात्र खटिरहेका छन् ।
wbahis
Great post thank you. Hello Administ . Seo Paketi Skype: [email protected] -_- live:by_umut