लेखक तथा निर्देशक राजबहादुर सानेले घोषणा गरे ‘गंगारानी’
काठमाडौँ। लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘गंगारानी’ को औपचारिक घोषणा गरिएको हो। राष्ट्रिय पुरस्कार विजेता लेखक तथा निर्देशक सानेकै लेखन तथा निर्देशनमा बन्ने चलचित्र ‘गंगारानी’ आगामी जेठको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको छ। प्रेमकथामा आधारित यस चलचित्रका कलाकार तथा अन्य प्राविधिकहरू भने हालसम्म अन्तिम चरणमा टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिए।
चलचित्रको औपचारिक घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन्। चलचित्रमा एक गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताएका छन्। निर्देशक सानेले झण्डै एक दर्जन चलचित्रमा काम गरिसकेका छन्। उनले ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका चलचित्रमा आफ्नो योगदान दिइसकेका छन्। चलचित्र ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जित्न सफल भएका थिए।










En iyi 5 proje yönetim aracı
Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.