English

सेफ किचेन बर्गर हाउसको नयाँ वर्ष अफर: मात्र १० हजारमै अन्तर्राष्ट्रिय स्तरको होटल तालिम



काठमाडौं – नेपालकै पहिलो २४ घण्टा सञ्चालन हुने रेस्टुरेन्ट ‘सेफ किचन बर्गर हाउस’, चाबहिलले नयाँ वर्ष २०८३ को अवसर पारेर विशेष व्यावसायिक होटल तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैशाख १ गतेदेखि सुरु हुने उक्त तालिममा बारिस्टा, कुक, वेटर, हस्पिटालिटी म्यानेजमेन्ट, फूड हाइजिन लगायतका आधारभूतदेखि उन्नत सीपहरू सिकाइनेछन्। साथै चाइनिज, जापानिज, इन्डियन, थाई परिकारका साथै नेपाली खाना, पानीपुरी, चटपटे, बर्गर, मटका चियाजस्ता लोकप्रिय परिकार बनाउन समेत व्यावहारिक प्रशिक्षण दिइनेछ। सहभागीहरूले आफ्नो अनुकूल समय अनुसार सिक्न सक्ने सुविधा रहेको यो तालिम केवल १० हजार रुपैयाँमै एक महिनाका लागि उपलब्ध गराइएको छ, जसले विदेश जान चाहने वा नेपालमै आफ्नै व्यवसाय सुरु गर्न चाहने युवाहरूका लागि उत्कृष्ट अवसर सिर्जना गरेको छ।

उक्त तालिम अन्तर्राष्ट्रिय अनुभवसम्पन्न सेफ तेम्बा लामाको नेतृत्वमा सञ्चालन हुनेछ, जसले २० वर्षभन्दा बढी समय चीन, थाइल्याण्ड, कतार र कुवेतका प्रतिष्ठित होटलहरूमा काम गरी आफ्नो पाककला सीपलाई विश्वस्तरमा स्थापित गरिसकेका छन्। उनले विभिन्न देशका उच्चस्तरीय पाहुनाहरू, राजपरिवारका सदस्यहरू तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई समेत आफ्नै हातले बनाएको खाना पस्कने अवसर पाएका छन्। भूकम्पपछि स्वदेश फर्किएका उनले विगत १० वर्षदेखि नेपालमै रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् र चाबहिलस्थित केएल टावर अगाडि सञ्चालनमा रहेको ‘सेफ किचन बर्गर हाउस’ मार्फत २४ घण्टा सेवा दिँदै नयाँ मानक स्थापित गरेका छन्, जहाँ ६०० भन्दा बढी प्रकारका परिकार उपलब्ध छन् र दर्जनौँ युवालाई रोजगारी प्रदान गरिएको छ।

सेफ लामाका अनुसार यो तालिम केवल खाना बनाउने सीप मात्र नभई व्यवसाय सञ्चालन, कस्टमर ह्यान्डलिङ, किचन म्यानेजमेन्ट र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार काम गर्ने तरिका समेत सिकाउने लक्ष्यसहित तयार गरिएको हो। तालिम पूरा गरेपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ भने दक्ष सहभागीहरूलाई रोजगारीको अवसरसमेत मिल्ने व्यवस्था गरिएको छ। उनले एसईई दिएर बसेका विद्यार्थी, विदेश जान तयारीमा रहेका युवाहरू तथा स्वरोजगार बन्न चाहने सबैलाई यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन्। इच्छुकले थप जानकारी तथा नाम दर्ताका लागि सम्पर्क नम्बर ०१४५७९२६६ वा ९८४-९७००२०७ मा सम्पर्क गर्न सक्नेछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested