English

आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान



चैत २२ गते । केके मानन्धर ।
काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान” अन्तर्गत १६औँ एक कप चिया दान दिवस सम्पन्न गरेको छ । कार्यक्रम टेकुस्थित भिभा ब्यैंक्वेटमा आयोजना गरिएको थियो । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

अभियान अन्तर्गत दैनिक एक कप चियाको बराबर रकम एक वर्षसम्म संकलन गरिन्छ । उक्त रकम आर्थिक रूपमा विपन्न तथा असहाय व्यक्तिहरूको आँखा उपचारका लागि प्रयोग गरिन्छ । संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले हालसम्म २०४ जना आजीवन सदस्य रहेको जानकारी दिए । उनका अनुसार साधारण सदस्य सहित ४०० भन्दा बढी सदस्य छन् । साथै, १५ देशबाट स्वदेशी तथा विदेशी सदस्यले सहभागिता जनाएका छन् ।

यसै क्रममा २६ जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । जहरसिंपौवा, बलम्बु तथा काठमाडौंका विभिन्न स्थानका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिइएको छ । कार्यक्रममा २०८२ सालमा सदस्यता लिएका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट कार्य गर्ने १२ जना सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष रञ्जितले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।



...
ng.yandaz.com

thisis a fantastic article, really nice created, i enjoy reading it, i will be back to check out for latest update, keep up the good work and applause. ng.yandaz.com

...
Asa Skinner

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
Emmalee Bass

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ। लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्।

काठमाडौं: वसन्त ऋतुको आगमन सँगै नेपाली सुगम संगीतको आकाशमा एउटा नयाँ र प्रेमिल गीत थपिएको छ। माया गर्ने जोडीहरूका लागि

काठमाडौँ, २७ चैत्र : कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

Latest










Popular
Suggested