English

भक्तपुरमा निर्वाचन तयारी तीव्र



माघ १३ गते । केके मानन्धर ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ । यसैबीच, भक्तपुर क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले मध्यपुरका पत्रकारसँग साक्षात्कार गर्नुभयो । पत्रकार साक्षात्कारमा खत्रीले नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम आफु भक्तपुरबाट उम्मेदवार बनेको दाबी गर्नुभयो । ‘नेपालको संविधानले एक जना नेपालीलाई जुनसुकै भूगोलबाट निर्वाचनमा सहभागी हुनसक्ने अधिकार दिएको छ । भक्तपुरको भाषा, सम्पदा, कला, संस्कृतिको अधिकारलाई राष्ट्रिय मुद्दाको रुपमा अगाडि सार्नुपर्छ । त्यसको लागि म भूमिका निर्वाह गर्छु ।’ खत्रीले बताउनुभयो ।

भक्तपुरका पुराना दलले परिणाममुखी काम गर्न नसकेको बताउँदै आफु र आफ्नो पार्टीले त्यस्ता मुद्दाहरू उठाउने आश्वासन दिनुभयो । त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) इमान्दार पार्टी भएपनि संसद्मा बहुमत नपुगेको कारणले मुद्दा ओझेलमा परेको बताउनुभएको थियो । विगतमा रास्वपाका सांसदले नेमकिपाको मुद्दालाई संसद्मा उठाएको स्मरण गर्दै आगामी दिनमा राम्रो र उपयुक्त मुद्दामा साथ दिने आश्वासन दिनुभयो । पुराना दलले गर्न नसकेको काम रास्वपाले गर्नुपर्ने भएर पाँच वर्षको लागि आफ्नो पार्टीलाई जिताउन खत्रीले आग्रह गर्नुभयो । यसअघि दूधपाटीमा माघ ११ गते आइतबार भक्तपुरमा सक्रिय रहेका पत्रकारहरूसँग रास्वपाले भेटघाट गरेको थियो । भक्तपुरमा रास्वपाको चुनावी प्रचार प्रसारको लागि मध्यपुर थिमिका नगर सभापति न्हुछेरत्न मानन्धर तथा सूर्यविनायकका नगर सभापति मनोज केसी सम्मिलितको कोर टिम गठन गरिएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested