English

मध्यपुर थिमि सहकारीमा डा. उज्ज्वल जोशीको नेतृत्व



पुस २७ गते । केके मानन्धर ।

भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७ सदस्यीय नयाँ सञ्चालक समिति छनोट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाको १८औं वार्षिक साधारणसभा र छैठौं अधिवेशनमार्फत पुनर्गठन गरिएको समितिमा उपाध्यक्ष अनिल श्रेष्ठ, सचिव कृष्णकाजी मानन्धर, कोषाध्यक्ष सञ्जयकुमार श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः रमेश थुसा श्रेष्ठ, तुलसीराम श्रेष्ठ र प्रेम सुन्दर श्रेष्ठ छानिएका छन् । अधिवक्ता लक्ष्मी केशरी भासिङ्कको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिले सन्चालक समिति र लेखा सुपरिवेक्षण समितिको लागि निर्वाचन गराएको थियो । तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयोजक कृष्णसुन्दर प्रजापति, सदस्यहरूमा नरेन्द्र श्रेष्ठ र कान्छी माया श्रेष्ठ छानिएका छन् । संस्थाको विधान बमोजिम बसेको नवनिर्वाचित सन्चालक समितिको पहिलो बैठकले ललिता यलायको संयोजकत्वमा महिला विकास उपसमिति गठन गरिएको छ ।

समितिमा मिन्दिरा श्रेष्ठ र सुमिना मानन्धर सदस्यको रुपमा छानिएका छन् । आर्थिक वर्ष २०८१/०८२ को लागि सहकारी ऐन, नियम, नियामक निकाय सहकारी शाखाबाट जारी गरिएको निर्देशिका बमोजिम संस्थाले कार्यालय अवस्थित भवनकै हलमा साधारणसभा सम्पन्न गरेको थियो । पछिल्लो समय सहकारी संस्थाको विश्वसनीयतामा प्रश्न उठ्न थालेको हुनाले वित्तीय भार कम गरी, मितव्ययी ढंगले कार्यक्रम गराउनको लागि निर्देशिका जारी भएको हो । संस्थामा एक हजार ५ सय २६ जना सेयर सदस्यहरू छन् जसमा महिला ६१४ र पुरूषहरूको संख्या ९१२ हो । सहकारी संस्थाको चालू आर्थिक वर्षमा जम्मा दायित्व १९ करोड ४५ लाख ७९ हजार ८१९ रूपियाँ ७१ पैसा पुगेको छ । त्यस मध्ये शेयर पुँजी १ करोड ४७ लाख १ हजार २ सय रुपियाँ, जगेडा कोष ६५ लाख ७१ हजार ८ सय ५४ रुपियाँ ९९ पैसा, निक्षेप १५ करोड ४५ लाख ५० हजार ८ सय ६९ रुपियाँ ७९ पैसा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्था सुरक्षित रहे/नरहेको विषयमा सेयर सदस्यले सजिलो तरिकारबाट मूल्यांकन र विश्लेषण गर्ने ‘पल्र्स’ पद्धती अनुरुप वार्षिक हिसाब उल्लेख गरी प्रतिवेदन वितरण गरिएको थियो ।

अंग्रेजी शब्द पल्र्समा पीबाट प्रोटेक्सन, ईको अर्थ इफेक्टिभ फाइनान्सिङ स्ट्रक्चर, एबाट एसेस्ट क्वालिटी, आरको अर्थ रेट्स अफ रिटर्न एण्ड कस्ट, एलको अर्थ लिक्विडिटी, एस भन्नाले साइन अफ ग्रोथ हुन्छ । समग्रमा पल्र्सको नेपाली अर्थ सहकारी संस्थामा प्रभावकारी वित्तीय संरचना, सम्पत्तिको गुण, तरलता, प्रतिफलको दर र सुरक्षा स्थितिलाई मूल्यांकन गरेर संस्था विकासको संकेत जनाउने भन्ने हुन्छ । यो अर्थमा मध्यपुर थिमि सहकारी संस्थाको पल्र्स मूल्यांकन पद्धती अनुरुप भएको देखिन्छ । यसअघि साधारणसभाको लागि सेयर सदस्यसम्म कार्यक्रम सम्बन्धिको सुचना पु-याउने उद्देश्यले सम्बन्धित सदस्यको नाउँमा पत्राचार गरेकोदेखि संस्थाको सूचना पाटी, विभिन्न पत्रपत्रिका, संस्थाको सामाजिक सञ्जालमा सुचना प्रकाशन गरिएको थियो ।



सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested