English

सन्दर्भ : मातातीर्थ औंशी (आमाको मुख हेर्ने दिन)

पौरखी आमा : २२ वर्षदेखि साग बेचेरै गुजारा



‘४० कटेसी रमाउँला…’ हेमन्त रानाको गीतले यस्तै भन्छ । यद्यपि, झोरकी जयन्ती अधिकारीको भने ४० कटिसक्दा पनि दुःख उस्तै छन् । २२ वर्षदेखि थाप्लोको नाम्लो बिसाउन पाएकी छैनन् ।

तीन छोराछोरीको पढाई खर्च र श्रीमानको औषधिमुलो यही एक डोको सागको भरमा चल्छ । त्यसो त यी पौरखी आमाको कथा टिठलाग्दो छ ।

टोखाको टोल–टोलमा साग बेच्दै आएकी जयन्तीलाई यतिबेला निषेधाज्ञाले पिरोलेको छ । कुर्कुच्चा फुटेका छन्, हातका नङ्ग्रा खिइसके, गाला चाउरी पर्न थालिसके तैपनि सहरी बासिन्दाका भान्सामा ताजा तरकारी पु-याउँदै आएकी छिन् । तीन छोराछोरीको पढाई खर्च र श्रीमानको औषधिमुलो यही एक डोको सागको भरमा चल्छ । त्यसो त यी पौरखी आमाको कथा टिठलाग्दो छ ।

बिहान ४ बजेअघि नै उठिसक्छिन् । घरको सबै कामधन्दा सिध्याएर ५ बजे बेच्ने साग किन्न झोरकै स्थानीय बारीमा पुग्छिन् । डोकोभरी ५०–६० मुठा साग बोकेर बारीबाट निस्किन्छिन् । १ घन्टा पैदल हिड्छिन् । सागको भारी बोकेर हिड्दै उनी भन्छिन्, ‘बिहान ५ बजे साग किन्न जान्छु, आजभोलि श्रीमान बिरामी हुनुहुन्छ, घरको सबै काम सिध्याएर अबेला निस्कन्छु ।’

कोरोना महामारीको दोस्रो लहर फैलिदो क्रम बढेपछि यतिबेला सहर सुनसान छ । २२ वर्षदेखि सहरका गल्ली–गल्ली, टोल–टोलमा साग बेच्दै आएकी जयन्ती आजभोलि टोखा बजारमा मात्रै सिमित छिन् । ‘गोंगबु, ग्रिनल्याण्ड, बसुन्धारा, सामाखुशी लगायत टोखाको सबै क्षेत्रमा साग बेच्थें,’ उनी भन्छिन्, ‘निषेधाज्ञा भएपछि गाडी चल्न छोड्यो हिडेर त्यहाँसम्म पुग्न सक्दिन ।’ बिहान झिसमिसेमै सागको डोको बोकेर निस्किन्छिन् ।

साग बेचिसक्न उनलाई ६ घण्टा लाग्छ । घर, पसल, सडक किनार उनका व्यापारिक गन्तव्य हुन् ।



प्रति मुठा २५ देखि ३० रुपैयाँका दरले साग बेच्दै आएकी छिन् । दयालु मनकी जयन्ती कोही दुःख पाएका मान्छे आए भने सित्तैमा दिन्छिन् । ‘मेरो मन अलि कमलो छ क्या, कसैको दुःख देख्नै सक्दिनँ,’ उनी भन्छिन्, ‘कोही दुःख पाएका मान्छे साग किन्न आए भने पैसा लिन्न, मन हलुंगो हुन्छ ।’

एकवर्ष अघि श्रीमानलाई हृदयघात भयो । जसो तसो खर्च जुटाएर मुटुको शल्यक्रिया गराइन् । श्रीमानको फेरि समस्या बल्झिन थालेको छ । चिकित्सकले पुनः मुटुको शल्यक्रिया गर्नुपर्छ भनेपछि उनलाई दिनमा भोक न रातमा निद्रा भएको छ ।

साग बेचेरै दैनिक १५ सयदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । तर, बन्दाबन्दीले उनलाई समस्यामा पारेको छ । ‘गाडी चल्दा साँझ बिहानै साग बेच्न आउँथें,’ उनी भन्छिन्, ‘तर अहिले बिहानमात्र आउँछु ।’

गत वर्षको लामो बन्दाबन्दीमा पनि उनले यसैगरी साग बेचेर जिविका चलाइन् । उनको काँधमा थुपै्र जिम्मेवारी छ । उनको यो मन कहाँ हो र ? आनन्दले घरमा बस्ने, सुखका साथ जीवन बिताउने रहर उनको पनि छ । त्यही सुख खोज्ने लालसाले डोकोको सहारा लिएको २२ वर्ष बितिसक्यो । त्यो सुख अझै भेटिएको छैन ।

दुःख गरेकै भरमा उनले छोराछोरीलाई भने राम्रै स्थान पुर्याएकी छिन् । जेठी छोरीको केही वर्षअघि विवाह गरिदिइन् । कान्छी छोरी नर्सिङ अध्ययन गरेर यतिबेला अष्ट्रेलियामा छिन् । छोराले कक्षा १२ को पढाई सिध्याएर बसेका छन् । छोराछोरीले पनि आमाको दुःख देखेर मेहेनत गर्छन् । उनी सन्तुष्ट छिन् ।


एकवर्ष अघि श्रीमानलाई हृदयघात भयो । जसो तसो खर्च जुटाएर मुटुको शल्यक्रिया गराइन् । श्रीमानको फेरि समस्या बल्झिन थालेको छ । चिकित्सकले पुनः मुटुको शल्यक्रिया गर्नुपर्छ भनेपछि उनलाई दिनमा भोक न रातमा निद्रा भएको छ । ‘पैसा नभएरै बुढाको मुटुको अप्रेशन गराउन सकेकी छैन,’ बेदना सुनाउँदै उनी भन्छिन्,‘ भगवानले दुःखीलाई नै किन हेला गर्छन् होला ?’

दुःख गरेकै भरमा उनले छोराछोरीलाई भने राम्रै स्थान पुर्याएकी छिन् । जेठी छोरीको केही वर्षअघि विवाह गरिदिइन् । कान्छी छोरी नर्सिङ अध्ययन गरेर यतिबेला अष्ट्रेलियामा छिन् । छोराले कक्षा १२ को पढाई सिध्याएर बसेका छन् । छोराछोरीले पनि आमाको दुःख देखेर मेहेनत गर्छन् । उनी सन्तुष्ट छिन् ।

यी पौरखी आमालाई हामीले आज आमाको मुख हेर्ने दिनको सन्दर्भ पारेर प्रस्तुत गर्यौं । जयन्ती जस्तै कैयौं आमाको कथा यस्तै छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested