English

बरिष्ठ कलाकार निर्मोहीलाई व्हील चेयर प्रदान



नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्यमा उल्लेख्य सुधार भएका निर्मोहीलाई आवतजावतमा समस्या भएपछि बास नेपालले व्हील चेयर हस्तान्तरण गरेको हो । आज निर्मोही निवासमा पुगेर समिति सदस्य नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, सदस्य बसन्ती रोकाया, बास नेपालका निर्देशक हेमराज भट्ट लगायतले ह्वेल चेयर बरिष्ट कलाकार कमल बि.क. निर्मोही र उहाँकी धर्मपत्नी हेरम देबि बिकलाई हस्तान्तरण गरेका थिए ।

व्हील चेयर प्राप्त गरेपछि दैनिक क्रियाकलाप र स्वास्थ्य उपचारमा समेत सहजता हुने भन्दै उहाँकी धर्मपत्नी हेरम देबि बिकले सबैलाई धन्यबाद ज्ञापन गरिन् । सहयोग हस्तान्तरण कार्यक्रममा बास नेपालका प्रशासकीय अधिकृत शुद्ध प्रसाद चौधरी, लेखा अधिकृत राष्टि बुढा मगर, बरिष्ठ सामाजिक परिचालक जमुना चौधरी, शोभा भण्डारी, सामुदायिक सहजकर्ता ज्वती बुढा लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested