English

एआई प्लसको नेपाली बजारमा आधिकारिक बिक्री–वितरण सुरु



नेपाली बजारमा एआई प्लस (Ai+) स्मार्टफोनको आधिकारिक बिक्री–वितरण सुरु भएको छ । रियलमी मोबाइलका पूर्व सिइओ माधव सेठद्वारा स्थापित यो स्मार्टफोन ब्रान्ड भारतीय बजारमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएपछि एआई प्लसले आफ्नो विस्तारको दायरा नेपालसम्म ल्याएको हो । एआई प्लसले नेपाली बजारका लागि सिजी लाई आफ्नो आधिकारिक वितरक नियुक्त गर्दै नेपाली बजारमा सशक्त उपस्थितिको घोषणा गरेको छ । नेपाली उपभोक्तालाई इन्टेलिजेन्ट र भ्यालु–ड्रिभन स्मार्टफोन उपलब्ध गराउने साझा उद्देश्यका कारण यो सहकार्य सम्भव भएको बताइएको छ । एआई प्लसका संस्थापक माधव सेठका अनुसार, “एआई प्लसको जन्म स्मार्ट प्रविधिलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने सोचबाट भएको हो । त्यसैले, एआई प्लसका स्मार्टफोनहरू प्रविधि र डिजाइनका दृष्टिले अत्याधुनिक भए पनि मूल्यका हिसाबले अत्यन्त किफायती छन् ।”
त्यस्तै, सिजी मोबाइल्सका बिजनेस हेड विनय जोशी भन्छन्, “हाम्रो उद्देश्य सबै उपभोक्ताको हातमा इन्टेलिजेन्ट टेक्नोलोजी पुर्‍याउनु हो ।

बजारमा स्मार्टफोनका धेरै विकल्प भए पनि एआई प्लस भने पूर्ण रूपमा भ्यालु–ड्रिभन ब्रान्ड हो ।” चौधरी समूह अन्तर्गतको सिजी मोबाइल्स, कन्ज्युमर इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गतको मोबाइल व्यवसायिक इकाइ हो । यसले नेपाली बजारमा विश्वभरका लोकप्रिय मोबाइल ब्रान्डहरूको आयात तथा बिक्री–वितरण गर्दै आएको छ । अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्टफोन बिक्री गर्दा बिक्रीपश्चातको उत्कृष्ट सेवा र प्रतिस्पर्धी मूल्यमा जोड दिँदै आएको सिजी मोबाइल्सका कारण, यस समूहअन्तर्गतका स्मार्टफोनहरू नेपाली बजारमा राम्रो स्थान बनाउन सफल भएका छन् । अब सोही शृङ्खलामा एआई प्लस पनि नवीनतम स्मार्टफोन ब्रान्डको रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।

एआई प्लसले पहिलो चरणमा नेपाली बजारमा दुई मोडेलका चार भेरियन्ट सार्वजनिक गरेको छ — एआई प्लस पल्स र एआई प्लस नोभा, यी मोडेलहरूमा ४ जिवी, ६ जिवी, र ८ जिवी र्याम भएका विकल्पहरू उपलब्ध छन् । एआई प्लसले नेपालमा हालकै अवस्थामा सबैभन्दा किफायती फाईभ जी स्मार्टफोनका रूपमा एआई प्लस नोभा फाईभ जी प्रस्तुत गरेको छ, जसको मूल्य रु. १३,९९९ निर्धारण गरिएको छ । साथै, ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भेरियन्टको एआई प्लस नोभा स्मार्टफोन रु. ९,००० भन्दा कम मूल्यमा बजारमा उपलब्ध गराईएको छ । हाल एआई प्लस स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध भइसकेका छन् ।

थप जानकारीका लागि
सिजी मोबाइल्स्
9703052242



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested