English

नेपालगञ्जमा तिहारका रङ्गहरु कार्यक्रम हुंदै



२०८२ असोज २७ गते, (तिहार) को अवसरमा तिहारका रङ्गहरु कार्यक्रम नेपालगञ्जमा हुने भएको छ । बास नेपालको आयोजनामा सो कार्यक्रम हुने भएको हो । रचनात्मक, साँस्कृतिक र प्रतिकात्मक सन्देश प्रबाह गर्ने उद्धेश्यले आयोजना हुने सो कार्यक्रम गाई तिहारको दिन कार्तिक ४ गते स्थानीय बाटिका होटेलमा हुने भएको छ । तिहारलाई रङ्गको पर्व मानिन्छ, हरेक रंग पहेंलो, रातो, सेतो, हरियो, बैजनी, निलोले फरक, फरक मुल्य, मान्यता माया, आशा, एकता र शान्तिको प्रतिनिधित्व गर्दछन् । बिभिन्न रंगहरु जस्तै बिबिध साँस्कृतिक गतिविधिहरु तिहारमा हुने गर्दछन् । उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रबाह गर्ने उद्धेश्यले तिहारका मौलिक सँस्कृति र मान्यताहरुलाई प्रबद्र्धन गर्नका लागि तिहारका रंगहरु कार्यक्रम गर्न थालिएको हो ।
कार्यक्रममा सामुहिक देउसी, भैलो, रंग थिम साँस्कृतिक प्रश्तुति, रङ्गोली प्रतियोगिता, नृत्य, नाटक लगायतका प्रश्तुतिहरु रहनेछन् । कार्यक्रममा प्रबेश निःशुल्क रहनेछ ।
कार्यक्रमको तयारीका लागि आज तयारी बैठक सम्पन्न भएको छ । बास नेपालकी महासचिव कल्पना अधिकारीको अध्यक्षतामा भएको बैठकमा कार्यक्रमको उद्धेश्य माथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए कार्यक्रममा बास नेपालका साँस्कृतिक बिभाग प्रमुख महेन्द्र सेडाई, बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधव कार्की, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, केन्द्रीय सदस्य बब्लु शेष, कलाकार सुन्दर गुरुंग लगायतले मन्तव्य व्यक्त गरेका थिए । स्थानीय फरक, फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिने उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीलाई दिईएको छ ।

नमस्कार शाह, कार्यकारी निर्देशक, बास नेपाल



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested