English

परोपकार संस्थाको स्थापना दिवसमा पराजुली र मानन्धर सम्मानित



असोज १०, नेपालकै जेठो लोककल्याणकारी ‘परोपकार संस्था’को ७९ ओैँ स्थापना दिवसमा दुई जना व्यक्तित्व सम्मानित भएका छन् । ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तक तयार गरेकोमा प्राध्यापक हरिप्रसाद पराजुली तथा समाजसेवी गोपाल कृष्ण मानन्धरलाई सम्मान गरेको हो । उहाँहरुलाई सर्वोच्च अदालतका पूर्व न्यायाधीस गिरिशचन्द्र लालले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । पराजुलीद्वारा लिखित पुस्तकको लागि मानन्धरले प्रकाशन सहयोग गर्नुभएको थियो। समाजिक सेवाका अद्वितीय व्यक्तित्व तथा नेपालकै पहिलो रक्तदाता दयावीरसिंह कंसाकारको जिवनीमा आधारित पुस्तकलाई काठमाडौंमा सम्पन्न परोपकार संस्थाको कार्यक्रममा लोकार्पण गरिएको थियो । हैजा महामारी फैलिएको बखत स्वास्थ्य सेवा दिने उद्देश्यले २००४ असोज १० गते कंसाकारले परोपकार संस्था स्थापना गर्नुभएको थियो । संस्थाले बालबालिकाको लागि अनाथालय सन्चालन र नेपालका लगभग ३२ वटा जिल्लाबाट १३ वटा दान विभाग शाखा स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

तत्कालीन सरकारले पर्याप्त मात्रामा स्वास्थ्य सेवा दिन नसकेका दुर्गम जिल्लाका प्राथमिक उपचार केन्द्रको लागि अनुदान, औषधि तथा स्वास्थ्यकर्मीको लागि पारिश्रमिक समेत संस्थाले उपलब्ध गराएको थियो । संस्थाले निःशुल्क एम्बुलेन्स सेवा, छात्राबास, परोपकार आदर्श माध्यमिक विद्यालय र प्रसूति गृहसमेत सञ्चालन गरेको छ । तत्कालीन अवस्थामा रगत बगाउन नहुने अन्धविश्वासलाई चुनौती दिएर कंसाकारले पहिलो पटक रक्तदान गर्नुभएको इतिहास छ । उहाँ आफैले रगत दान गरेर मृत्यसँग लड्दै गरेको बिरामीलाई जीवन दान दिएपछि क्रमिक रुपमा रक्तदानको चेतना अभिवृद्धि भएको बताइन्छ । कार्यक्रममा हितकरवीरसिंह कंसाकार, सर्वोच्च अदालतका पूर्व न्यायाधीस गिरिशचन्द्र लाल, समाजसेवी शरद शर्मा, लोककवि राजभाइ जकःमि, शिक्षासेवी माधुरी मानन्धर, डा. डम्बर बहादुर नेपाली, प्राध्यापक हरिप्रसाद पराजुली, समाजसेवी गोपाल कृष्ण मानन्धर, परोपकार आदर्श माध्यमिक विद्यालयका शिक्षासेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।



सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested