English

वसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक



काठमाडौं ।
नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक भएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आफ्नो प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको यस गीतलाई श्रोता-दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ, विशाल योञ्जनको रेकर्डिङ रहेको गीतलाई मुर्चुंगा स्टुडियोमा रकर्ड गरिएको हो । अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्मले प्रस्तुत गरेको छ । अमर ओलीको निर्देशन रहेको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । ज्ञानकुमारको कट्टेलको सम्पादन तथा रंग संयोजन पदम सुवेदी, मेकअप आर्टिष्ट मिरा लामा र पोस्ट-प्रोडक्सन सदिक्षा फिल्मस्ले गरेको हो ।

गीतको भिडियोलाई सदिक्षा फिल्मस् युटुबमार्फत हेर्न सकिन्छ । संगीतप्रेमीहरूले गीतलाई जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested