English

गायक नारायण गजमेर र गायिका मेलिना राईको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक



सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक भएको छ । मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गे पीङका कुराहरूलाई म्युजिक भिडिओमा देखाइएको छ। भिडिओमा निर्देशक दीपकराज विश्वकर्माले आफूभन्दा ठूलाबडाकको आशीर्वाद र माया साट्ने विशेष दिनको रुपमा दसैंलाई चित्रण गरेका छन् ।

दुर्गा खाती गजमेरको प्रस्तुति रहेको यस भिडिओमा सुरेश कोली र अस्मिता जुरेलीले अभिनय गरेका छन्। भिडिओमा छायाङ्कन विशाल थापा र रमेश दियालीको, कोरियोग्राफी रोशन विश्वकर्माको र सम्पादन दिनसनको रहेको छ । गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक दिएका हुन् ।प्रवासमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्ने श्रष्टा / गायक नारायण गजमेरले आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्। २०१६ मा सार्वजनिक गरिएको एल्बम ‘निश्चल’ उनको पहिलो साङ्गीतिक कोसेली रहेको थियो । जहाँबाट नेपाली गीत सङ्गीतमा पहिलो कदम चाल्दै हालसम्म पनि अनवरत रुपमा निरन्तरता दिँदै आइरहेका छन्। उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्मको गायकको रूपमा समेत चिनिन्छन् । २५० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा नेपाली गीत सङ्गीतलाई पुर्याउने कामको सुरुआत उनैले गरेका हुन्। पछिल्लो समयमा उनका रातो रिबन र चोर्यो मायाले स्रोता/दर्शकको मन र मुटुमा बस्न सफल भएका छन्। चोर्यो मायाको अपार सफलतापछि उनी विभिन्न स्टेज प्रोग्रामहरुमा पनि व्यस्त रहँदै आएका छन्।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested