English

गायक नारायण गजमेर र गायिका मेलिना राईको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक



सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक नारायण गजमेर र गायिका मेलिना राईको सहकार्यमा तयार भएको दसैं गीत ‘टिका जमरा’ को भिडिओ सार्वजनिक भएको छ । मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गे पीङका कुराहरूलाई म्युजिक भिडिओमा देखाइएको छ। भिडिओमा निर्देशक दीपकराज विश्वकर्माले आफूभन्दा ठूलाबडाकको आशीर्वाद र माया साट्ने विशेष दिनको रुपमा दसैंलाई चित्रण गरेका छन् ।

दुर्गा खाती गजमेरको प्रस्तुति रहेको यस भिडिओमा सुरेश कोली र अस्मिता जुरेलीले अभिनय गरेका छन्। भिडिओमा छायाङ्कन विशाल थापा र रमेश दियालीको, कोरियोग्राफी रोशन विश्वकर्माको र सम्पादन दिनसनको रहेको छ । गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक दिएका हुन् ।प्रवासमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्ने श्रष्टा / गायक नारायण गजमेरले आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्। २०१६ मा सार्वजनिक गरिएको एल्बम ‘निश्चल’ उनको पहिलो साङ्गीतिक कोसेली रहेको थियो । जहाँबाट नेपाली गीत सङ्गीतमा पहिलो कदम चाल्दै हालसम्म पनि अनवरत रुपमा निरन्तरता दिँदै आइरहेका छन्। उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्मको गायकको रूपमा समेत चिनिन्छन् । २५० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल प्ल्याटफर्ममा नेपाली गीत सङ्गीतलाई पुर्याउने कामको सुरुआत उनैले गरेका हुन्। पछिल्लो समयमा उनका रातो रिबन र चोर्यो मायाले स्रोता/दर्शकको मन र मुटुमा बस्न सफल भएका छन्। चोर्यो मायाको अपार सफलतापछि उनी विभिन्न स्टेज प्रोग्रामहरुमा पनि व्यस्त रहँदै आएका छन्।



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested