English

६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलन



भाद्र २९, नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम नगर स्तरीय बाल क्लब सञ्जाल नेपालगन्ज उपमहानगरपालिकको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र बास नेपालको सहकार्यमा भएको हो ।


कार्यक्रम अन्तरगत नेपालगन्जको बिपि चौकमा साँझ ६ बजे जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात व्यक्तिहरुको सम्झानामा एक मिनेट मौन धारण गरिएको थियो । मौनधारण पश्चात सहभागिहरुले दिप प्रज्वलन गरेका थिए । नेपालगन्ज नगर स्तरीय बाल क्लब सञ्जालका सचिब हर्सित पाण्डेले स्वागत गरेको कार्यक्रममा नगरस्तरीय बालमैत्री स्थानीय शासन नागरिक सञ्जालका संयोजक केशब कोइराला र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले शुभकामना ब्यक्त गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा गैसस महासँघ बाँकेका कार्यवाहक अध्यक्ष रमेश सिटौला, बास नेपालका निर्देशक हेमराज भट्ट, विभिन्न संघसंस्थाका प्रतिनिधि, नगर स्तरीय बाल क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested