विवाहपछि धेरै युवतीले गुनासो गरे



नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराईले गत लकडाउनमा कानूनी विवाह गरे । उनले ऋचा न्यौपानेसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विवाह गरेका हुन् । गत लकडाउनमा विवाह गरेका भट्टराईसँग मेरोलाइफस्टाइलले गरेको विवाह वार्ताः

लकडाउनमा कानूनी विवाह गर्नुभयो, कस्तो अनुभव भइरहरेको छ ?

विवाह गरेको र नगरेको कुनै फरक छैन, समान्य नै छ । नचिनेका वा नयाँ मान्छेसँग विवाह भएको भए चिन्न समय लाग्थ्यो होला । त्यसैले नयाँ अनुभव खासै छैन ।

धुमधामसँग विवाह गर्ने योजना छ, कि छैन ?

धुमधाम विवाह गर्ने योजना पनि छ । अहिले नै भन्न मिल्दैन । ६ महिना वा ६ वर्ष पनि लाग्न सक्छ । वैवाहिक वर्षको उत्सवमा विवाहलाई सेलिव्रेशन मात्र गर्न पनि सकिन्छ ।

कानूनी विवाह नै किन रोज्नुभयो ?

कानूनी विवाह रोज्नु मेरो धारणा होइन । विवाह हुने समयमा लकडाउन भयो । त्यो बेला धुमधाम विवाह गर्ने वातावरण थिएन र यही विवाह नै सहज भएका कारण र समय परिस्थितीलाई मध्यनजर गरेर कानूनी विवाह रोजेँ ।

विवाहपछि श्रीमतीलाई जन्मघर लानुभयो कि छैन ?

विवाहपछि धेरैपटक लगिसकेँ । जन्मघर लागेर परिवारसँग भेटघाट र चिनजान गराईसकेको छु ।साथै विवाह पश्चात् गरिने परिवारको रीतिरिवाज सबै पूरा गरिसकेँ ।

विवाहपछि पहिलो पटक कहाँ घुम्न जानुभयो ?

विवाहपछि पहिलो पटक पोखरा घुम्न गएका थियौँ । यो अवधिमा काठमाडौँ वरिपरिका विभिन्न रमणीय ठाउँहरु घुमिसक्यौं ।

May be an image of 1 person
विवाहित र अविवाहितमा के फरक पाउनु भयो ?

विवाह पश्चात् मेरो जिम्मेवारी बढेको छ । विवाहअघि एक्लो हुँदा जीवन अव्यवस्थित थियो भने जीवन संगिनीको आगमनपछि व्यवस्थित भएको छ ।

प्रेमिकाको रुपमा हुँदा र श्रीमतीको रुपमा पाउँदा कस्तो फरक हुँदो रहेछ ?

मेरो प्रेमिका र श्रीमती उनी नै हुन् । प्रेमिकाका हुँदा उनी मसँग बुझ्ने साथीको रुपमा मात्र जोडिएकी थिइन् भने विवाह पश्चात् उनी मेरो जीवनको दु:ख, सुखको सहयात्रीको रुपमा जोडिएकी छिन्, त्यही नै हो फरक ।

विवाहपछि तपाईका युवती फ्यानहरु भड्के होलान् है ?

विवाहपछि मलाई चाहने र मसँगै जीवन बिताउने फ्यानहरुको मन दुखेको होला । छोरी मान्छेको कोही न कोही ड्रिमवाइज हुन्छ र म पनि कसैको थिएँ होला । तर, यी कुराले मेरो कलालाई नै नकारेर र अस्वीकार गरेर बस्नुभएको छ जस्तो लाग्दैन ।

May be an image of 2 people
युवतीहरुबाट कुनै गुनासो आएन ?

एकदमै धेरै गुनासो आए, त्यो मैले भन्नै सक्दिन । यस्तोसम्म भन्नुभयो कि ‘म तापाईकै हुन चाहन्थेँ, विवाह होस् त तपाईसँगै होस् भन्ने थियो, तपाईलाई सर्वस्व ठान्थेँ, तर आज तपाई अरु कसैको हुनुभयो । मेरो एउटा सपना मात्र पूरा हुनसकेन भनेर सम्झिन्छु तर म तपाईको स्वर र व्यक्तित्वको सधैँ फ्यान हो ।’ यसरी मनको कुरा भन्नुभएको छ ।

ससुराली कति पटक जानु भयो ?

ससुराली कति पटक गएको हो भनेर गिन्ती गरेको छैन, जे होस् धेरैपटक गएको छु । मेरो ससुराली मेरो दोस्रो घर हो । अहिले कार्यक्रमहरु पनि छैन, त्यसैले समय पाएको छु । समय–समय गइराखेको हुन्छु ।

May be an image of 2 people
अघिल्लो लकडाउनमा विवाह गर्नुभयो, अहिले निषेधाज्ञामा के योजना छ ?

सरकारले दिएको आदेश पालना गरे घरमै बसी आाफूलाई सुरक्षित राख्ने नै अहिलेको योजना हो । २०२० को भन्दा अहिलेको नसोचेको तरिकाले अप्ठ्यारो र गाह्रो भएको छ । यतिबेला सबैभन्दा राम्रो योजना आफूलाई सुरक्षित राख्नु हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन