English

एनआइएमबि एस क्यापिटल, Pioneer Law Associates र ICRA Nepal द्वारा“Road to IPO” कार्यक्रम सम्पन्न



काठमाडौं, भाद्र १५, २०८२ :
NIMB Ace Capital Limited ले Pioneer Law Associates र ICRA Nepal Limited सँगको सहकार्यमा २९ अगस्त २०२५ मा Hotel Aloft Kathmandu मा”Road to IPO” नामक कार्यशालामा सफलतापूर्वक आयोजना गरेको थियो । उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशन (Initial Public Offering) को प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेले गर्नुभयो । उहाँले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिनुभयो ।
Pioneer Law Associates का Managing Partner, श्री अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे । NIMB ACE Capital Limited का DCEO श्री सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे । यसका अतिरिक्त ICRA Nepal का Rating Division प्रमुख श्री राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।
यस पहलकदमी मार्फत NIMB Ace Capital र Pioneer Law Associates ले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पूनः पुष्टि गरे ।



सम्बन्धित खबरहरु

बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई

नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested