English

वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक



काठमाडौं । वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् ।

आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ ।

गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको माया पाउन सफल भएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested