English

नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने



काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएशनले जनाएको छ। नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको आयोजकको भनाइ रहेको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ। नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ । स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताएको छ ।
कुन कुन ब्राण्ड आउँदैछन ?
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन्। शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ।



सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested