English

गायिका गीता पाण्डेको ‘माछी भुल्यो’ सार्वजनिक



काठमाडौँ । गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक गरेकी छिन्। प्रेमिल भावमा लेखिएको यो गीतमा रचना साथै संगीत चिरपरिचित दीपक शर्मा को रहेका छन् भने अहिलेकी चिरपरिचित गायिका गीता पाण्डेले स्वर दिएकी छिन् । गीतमा नरेन्द्र बियोगीले एरेन्जरको रुपमा काम गरेका छन्। गीतमा प्रेममा समर्पण भावना छ, आस्था छ ।

गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌ओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ । भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ ।

गायिका पाण्डेकाका थुप्रै गीत श्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले  बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।

पुजा ठकुरीले निर्देशन गरेको उक्त भिडियाको सम्पादन बिनोद बमले गरेका छन्। दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा अहिलेका रुचाईएका युवा कोरियोग्राफर द्वय अनुजा अधिकारी र श्रवण पाख्रिनको रहेको छ । गीतलाई टिकटकमा भिवर्सद्वारा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested