English

नि:सन्तान जोडीको कथामा सर्ट फिल्म ‘निःशब्द’ निर्माण, फस्टलुक पोस्टर सार्वजनिक



काठमाडौं सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष समाजले दिएको मानसिक दबाबलाई केन्द्रमा राखी तयार भएको सर्ट फिल्मनिःशब्दको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फस्टलुक दर्शकलाई कौतुहलता जगाउने किसिमको बनेको

सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे दिवस नाथको अभिनय देख्न सकिनेछ। फिल्मका लेखक, निर्देशक तथा निर्माता रामजी ज्ञवाली हुन्। छायांकन शंकल्प भुजेलले, सम्पादन नहकुल खड्काले, साउन्ड डिजाइन भरत कंडेलले कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन्।

हाल पोस्टप्रोडक्सनको अन्तिम चरणमा रहेकोनिःशब्दलाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने तथा अवार्ड प्रतिस्पर्धामा उतार्ने संकेत गरेका छन् उनी भन्छन्, –‘पहिला फिल्मको सम्पुर्ण काम सकिएपछि हामी कसरी दर्शकलाई देखाउने भन्ने बिषयमा निर्णय गर्नेछौं तर, युट्युब हाम्रो पहिलो प्राथमिता चैं होइन

निःशब्दले सन्तान नहुँदा समाज पारिवारिक दबाबले भोग्नुपर्ने पीडा, विवशता मौन पीडालाई पर्दामा जीवन्त पार्ने निर्माण टिमले जनाएको निर्देशक ज्ञवालीका अनुसार, यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा छोईदिनेछ समाजलाई सोच्न बाध्य पार्नेछ। ज्ञवाली फेरी भन्छन्, –‘सर्ट फिल्ममा ठुलो फिल्ममा जस्तो सहजै कथा भन्नलाई समय हुँदैन हामीले छोटो समयमा केहि बोल्दैछौं दर्शकले छोटो कथामा धेरै कुरा वुझ्नेछन्

रामजी ज्ञवालीले यसअघि निर्माण गरेका ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ समेत प्रदर्शनको पर्खाइमा छन्। ‘निःशब्द’सहित उनका चार प्रोजेक्ट दर्शकमाझ आउन बाँकी छन्। ‘रित्तो गाउँ’ ले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्डहरु प्राप्त गरिरहेको छ भने विभिन्न फेस्टिवलहरुमा प्रदर्शन भइरहेको छ ।एक दशक लामो पत्रकारिता यात्रापछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’ र ‘लिलामी’लगायतका चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।



सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested