English

पत्रकार नवराज बजगाईलाई उत्कृष्ट शव्द रचना अवार्ड



काठमाडौ, अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शनिवार नेपाल पुलीस क्लब, काठमाडौंमा भएको ग्लोबल स्टार अवार्ड–२०२५ तथा दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं तथा मिस ब्युटिफुल नेपालको दशौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई विषेश सम्मान गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुराएवापत सम्मान गरिएको हो । सम्मानका साथै बजगाईले कला, साहित्य र समाजसेवाको क्षेत्रमा समेत योगदान पुराएको र शव्द रचनामा पनी उत्कृष्ट रहेको भन्दै ग्लोबल स्टार अवार्ड–२०२५ को तर्फबाट नव क्षितिज साप्ताहिकको रजत गित सुशासनका लागिबाट उत्कृष्ट शव्द रचनाको अवार्ड समेत प्रदान गरिएको थियो । उक्त गितको शव्द रचना पत्रकार बजगाईले गरेका थिए । कार्यक्रममा प्रमुख पाण्डे, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटालगायतले सम्मान गरेका थिए । साथै बेस्ट राईटर अवार्ड माननीय चन्द्र भण्डारी, पुर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापकोटा र कार्यक्रम निर्देशक टेकराज पाण्डे, बरिस्ट कलाकारहरु रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकीलगायतले प्रदान गरेका थिए । आफ्नो गितले उत्कृष्ट शव्द रचनाको अवार्ड पाउँदा गित लेखनमा थप हौसला मिलेको सञ्चारकर्मी नवराज बजगाईले बताए ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि धेरै बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पुराएवापत सम्मानित भै सकेका छन । बजगाई पत्रकारितासंगै कलाकारिता, साहित्य र समाजसेवामा क्रियाशिल रहेका छन ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested